अमेरिकामा अामाकाे हत्या, बाबुले राेजे अात्महत्या, छेारीहरू ठूलाेबाबुकाे काखमा

Everest Fuji News २०७३ श्रावण २७ मा प्रकाशित       Published at 2016 Aug 11


imageअमेरिकाकाे डल्लासमा एक नेपाली व्यवसायी नवराज शिवाकोटीले अात्महत्या गरेका छन् । गत वर्ष एक अश्वेत अमेरिकन लुटेराकाे गाेली प्रहारबाट उनकी श्रीमती समिरा शिवाकोटी मारिएकी थिइन् । श्रीमतीकाे हत्यापछि साँढे तीन वर्ष र दुई वर्षका दुई अवाेध छोरीकाे पालनपाेषण गर्दै अाएका नवराजले पत्नी वियाेगकै कारण अात्महत्या राेजेकाे बताइएकाे छ । नवराजले टेक्सससँगै सीमा जोडिएको ओक्लाहोमामा पुगेर अाइतबार आत्महत्या प्रयास गरेका थिए । घाइते अवस्थामा भेटिएका उनलाई एअर एम्बुलेन्सबाट प्लानो हस्पिटलमा ल्याएर उपचार गरिए पनि बचाउन सकिएन र उनकाे मंगलबार निधन भएकाे थियाे । पत्नी वियोगको पीडालाई भुल्न सकेन नवराजले ? १४ महिनासम्म पनि उसले आफूलाई सम्हाल्न सकेन । पछिल्लो समयमा डेन्टन अदालतमा मुद्धाको अन्तिम सुनुवाई भइरहेको थियो । यही मुद्धाले गर्दा पनि उसले सन् २०१५ जुन १० को त्यो कालोदिनलाई भुल्न सकेन । imageविष्णु शिवाकाेटी, नवराजका बुधबार ड्यालसको ‘हग्स फनरल हाउस’ मा उनकाे अन्तेष्टी गरिएकाे थियाे । ससाना दुइ अवाेध छाेरीहरूकाे उपस्थितिमा गरिएकाे उनकाे अन्त्येष्टीले माहाैल स्तव्ध बनाएकाे थियाे । शाेकसभामा नवराजका दाइ विष्णुले छाेरीहरूकाे पालन पाेषणमा कुनै कमी नगर्ने वचन दिए । सन् २००४ मा अमेरिका आएको नवराजको परिवार ग्यास स्टेसन चलाएर सुखी जीवन बिताइरहेकाे थियाे । गत वर्ष जुन १० मा पत्नी समीराकाे हत्या गरिएपछि उनी मानसिक रूपमा विक्षिप्तजस्तै भएका थिए । शायद, त्यही बेचैनीले हुनसक्छ, उनलाइ दुइ अावाेध छाेरीहरूकाे मायाले पनि बाँच्न अभिप्रेरित गर्न सकेन । नवराजले गरेकाे अात्महत्यालाइ लिएर मिश्रित प्रतिक्रिया प्राप्त गरेकाे छ । केहीले पत्नीप्रतिकाे अगाध प्रेमका रूपमा सम्मान गरेका छन् भने केहीले अवाेध छाेरीहरूलाइ अनाथ बनाएकाेमा गैरजिम्मेवारीपन पनि भनेका छन् । अमेरिकामा सहज बन्दुक पाइने भएकाले त्यसैकाे उन्मादमा अपराधिक घटनाहरू बढिरहेका छन् । ड्यालसकाे नपाली समाजले भने याे घटनाकाे श्रृंखलालाइ बन्दुके उन्मादले तहसनहस पारेकाे एक दुःखद घटनाका रूपमा लिएकाेहातमा बन्दुक भएको उन्माद प्रदर्शनले एक नेपालीको परिवार अमेरिकामा उजाडिएको छ । गत वर्ष पत्नीको हत्यापछि बिरक्तिएका नवराजले अाइतबार टेक्ससको डेन्टनबाट टाढा अोक्लाहाेमा पुगेर अात्महत्या गरे । उनको निधनले नेपालको दाेलखादेखि सुन्दर सपना बाेकेर अाएको नेपाली परिवार उजाडिएको छ । दुइ साना नानीहरूमध्य एकले अामा शब्दको प्रष्ट उच्चारण पनि गर्न नभ्याउँदै अामा गुमाइन् भने अहिले बाबा । अमेरिकाभरि छरिएर रहेकाे नेपाली समाज र तिनका अगुवा हुँ भन्नेले बन्दुके अातंक विरूद्ध अाफ्नो पनि कुरा राख्दै अमेरिकी सरकारलाइ दवाव दिने, धारणा राख्नेतिर ढिला भएन र भन्या ? अागो लागिसकेपछि कुवा खन्नेतिर लाग्ने भन्दा पनि पहिलेनै खन्ने हो कि । – पत्रकार रामचन्द्र भट्ट, टेक्सस image तस्वीर साैजन्यः हिमालय खबर    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.