आदिवासी जनजाती दिवस को उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दहाल र नेका का वरिष्ठ नेता रामचन्द्र पौडेल सहित अन्य नेताहरुले ढोल बजाउदै

Everest Fuji News २०७३ श्रावण २६ मा प्रकाशित       Published at 2016 Aug 10


imageकाठमाडौं २५ काठमाडौं–जुन जातिको कार्यक्रममा गयो, त्यही जातिको पोसाक लगाउने र सकेसम्म उनीहरूकै भाषामा सम्बोधन गर्न खोज्ने पूर्व प्रधानमन्त्री डा. वाबुराम भट्टराईको शैली हो । मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झन्डै त्यही शैली पच्छ्याए, आदिवासी जनजाति दिवसको सन्दर्भमा आयोजित एक कायक्रममा । imageउसो त प्रचण्डले कुनै समय सोलुखुम्बु जिल्लामा बख्खु लगाएरै ‘स्वायत्त शेर्पा गणराज्य’को घोषणा गरेका थिए । मंगलवार पनि किराँत–लिम्बु जातिहरूले बजाउने ढोल भिरेर प्रधानमन्त्री प्रचण्डले जनजातिको मन जित्ने कोसिस गरे । २२ औँ विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ढोल भिरेर बजाएको अभिनय गरे । जनजाति अगुवाहरुले भने परर ताली बजाए । कार्यक्रममा बोल्दै प्रचण्डले आगामी वर्षदेखि जनजाति दिवस सरकारले नै मनाउने घोषणा गरे ! image साभार : लोकान्तर


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.