रारा किनारमा प्रदेश ६ को मन्त्रिपिषद् बैठक सम्पन्न

Everest Fuji News २०७४ चैत्र ३० मा प्रकाशित       Published at 2018 Apr 13


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार साँझ कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठक बसेको छ। उक्त बैठकले कोहल्पुर सुर्खेत हिल्सा सडकलाई प्रधानमन्त्री पर्यटन लोकमार्ग निर्माण गर्ने, कर्णाली एकीकृत नमुना बस्ती निर्माण गर्ने, सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, कर्णालीका उत्तर नाकाहरु हुम्लाको हिल्सा, मुगुको नाक्चेनांगला र डोल्पा नाकालाई खोल्न पहल गर्ने, राराको पर्यटन विकासको गुरुयोजना निर्माण गर्ने निर्णय गरेको हो। बैठक लगत्तै निर्णयहरु प्रधानमन्त्रीलाई जानकारी गराएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशको आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु हस्तान्तरण गरेको हो। पर्यटन महोत्वसवका लागि रारामा रहनुभएका प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्णयहरु हस्तान्तरण गर्दै संघीय सरकारबाट आवश्यक पहल र आर्थिक सहायताका लागि आग्रह गरे।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.