२०साउन/काठमान्डाै
नेपाल अहिंसा प्रेमी शाकाहारी समाजका अभियान्त एबं बाैद्द भिक्षु आङ फुरी शेर्पाले मांसाहारी लामा/भिक्षुहरुले मासु खान नछाेडे सामाजिक संजाल फ़ेसबुक मार्फ़त फाेटाे सार्बजानिक गर्ने चेतावनी दिनुभएकाे छ ।
अभियान्त शेर्पाले नेपाल तथा बिदेशमा बाैद्द शिक्षा हासिल गरिरहेका केही चर्चित एवं ठुला लामाहरुले मासु खाएर जन्मोत्सव मनाइ फेसबकुमा फाेटाेहरु पाेष्ट गर्ने गरेकाे बताउनुभयाे ।
"आफु बुदिष्ट भन्ने तर पार्टी समारोह भाेजभतेरहरुमा मासु खाएर रम्ने लामाहरु धेरै छ ।आगमी कार्तिक महिना भित्र पनि मासु खान बन्द गरी प्राणी जगतकाे कल्याण नगरे खाेजी खाेजी फाेटाे सार्बजानिक गर्छु ।"आक्राेशित हुदै समायाेजन खबर संगकाे कुराकानीकाे क्रममा बताउनुभयाे ।
अभियान्त शेर्पाले नेपालमा २०७२साल जेष्ठ १२ गतेका दिन राजधानीकाे दक्षिणकालीबाट अभियान सुरु गर्नु भएकाे थियाे । उहाँले हाल प्रत्येक शनिवार बलि चढाउने मन्दिरहरुमा र प्रत्येक मंगलवार हिन्दुहरुकाे सप्ताह ,बाैद्दहरुकाे बज्रगुरु, नेपाल र भारतमा हुने ङिङ्मा माेन्लाम ,लगायतका पुजापाठहरुमा याे अभियान संचालन गर्दै आइरहेकाे छ ।
ब्यक्तिगत लगानीमा संचालित याे पबित्र अभियानलाइ धेरै जसाे बाैद्द भिक्षु ,रिन्पाक्षेहरुले सहमति पत्रमा हस्ताक्षर गर्नुका साथै राजधानी भित्र र बाहिर रहेका अहिंसाप्रेमी बुदिष्ट तथा गैरबुदिष्टहरुले अभियान संचालनकाे माग गरिरहेकाे बताउनुभयाे ।
हाल सामाजिक संजाल फ़ेसबुक पेजमा (नेपाल अहिंसा प्रेमी शाकाहारी समाज)७०हजार भन्दा बढ़ी सदस्यहरु रहेकाे छ ।३ महिना अघिदेखि सदस्य थप भइरहेकाे बताउनुभयाे ।
अभियान्त भारतकाे देहरादूनमा लामाे समय बाैद्द शिक्षा हासिल गरी नेपाल स्थित फर्पिङ गुम्बामा ३ बर्ष लामाे बाैध्द ध्यानसाधना (छामडुवा)गरिनुभएकाे थियाे ।