टोकियो,जापान।
शेर्पा संघ, जापानले यस बर्षको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि शेर्पा संघ जापानले नेपालका हिमाली बासीहरुको मुख्य पर्वलाई भब्य रुपमा मनाऊने तयारी गरेको हो । बौद्ध धर्मावलम्बीको नयाँ बर्ष २१४५ स फो खी लो ग्याल्बो लोसारलाई अविश्मरणीय र मनोरञ्जनपूर्ण बनाउन शेर्पा संघ तिब्र तयारीमा जुटेको छ ।
फेब्रअरी१८ तारिखका दिन तय गरिएको लोसार बिशेष कार्यक्रमको तयारी पुरा भएको सँघका अध्यक्ष लाक्पा गेलु शेर्पाले बताउनु भएको छ । कार्यक्रममा जापानमा रहेका नेपाली कलाकारहरुले बिभिन्न नेपाली संस्कृति झल्कने नृत्य तथा गीत संगीतहरु प्रस्तुत गर्नेछन ।
बिशेष गरि हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा संस्कृति झल्काउने गरि कार्यक्रम हल तथा मन्चको ब्यबस्थापन गरिने छ भने शेर्पा संस्कृतीसंग सम्बन्धित दर्जनौ प्रस्तुतिहरु पनि रहनेछन साथै कार्यक्रममा चर्चित गायक कर्म दोङ र बिरेन्द्र बिष्टले विभिन्न र सेलो गीतहरु गाएर मनोरन्जन दिनेछन भने कार्यक्रमको अन्तमा डीजे सेसनले कार्यक्रमलाई थप सांगीतिक माहौल प्रदान गर्नेछन । कार्यक्रम टोकियोस्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा हुनेछ ।
बिहान ११ बजे देखि साँझ ५ बजेसम्म हुने कार्यक्रममा शेर्पा समुदायको पोषाक पनि प्रदर्शन गरिने र कार्यक्रममा सहभागी हुने सबै जापानबासी शेर्पाहरुलाई आफ्नै पोशाकमा उपस्थित हुन शेर्पा संघले बिनम्र अपिल गरिएको छ ।
कार्यक्रममा जापानस्थित नेपाली दूताबास, एनआरएन, बिभिन्न नेपाली संघ संस्थाका पदाधीकारी, शेर्पा तथा गैरशेर्पा सबै जापानबासी नेपालीहरुलाई आमन्त्रण गरिएको छ पत्रचार नपुगेको खण्डमा यसै समचारलाई आधारमानी उपस्थित भईदीन शेर्पा संघ जापानले अनुरोध गरेको छ।
शेर्पा संघ जापान कानुन अनुसार दर्ता भएको जेठो नेपाली संस्था हो । शेर्पा संघले जापानबासी शेर्पा तथा गैरशेर्पा नेपाली समुदायलाई आपतविपदमा बिभिन्न सहयोग गर्दै आएको समाजिक संस्था हो ।
सम्पर्क:
टोकियो , मन्दीर रेष्टुरेन्ट 〒105-0023 Tōkyō-to, Minato-ku, Shibaura, 1 Chome−2−2, シーバンスアモール 2F
समय -बिहान ११ बजेबाट ५ बजे सम्मा
फेब्रअरी १८ तारिक