टोकियोमा सोनाम ल्होछार पर्व तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ( भिडियो सहित )

Everest Fuji News २०७४ माघ ८ मा प्रकाशित       Published at 2018 Jan 22


विवश प्रेमिला , टोकियो , जापान । तामाङ जातिको महान चाड सोनाम ल्होछारको अवसरमा तामाङ कलाकार संघ जापानले टोकियोमा भव्यताका साथ सोनाम ल्होछार मनाएको छ । तामाङ भाषा अनुसार ल्हो को अर्थ नयाँ र छारको अर्थ वर्ष हुन्छ । यसै नयाँ वर्षको आगमनलाई स्वागत गर्दै तामाङ जातिको धार्मिक विधी अनुसार पूजा आजा गरी सुरुवात गरिएको थियो ।

औपचारिक कार्यक्रमको सुरुवात जनजाती महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा र संघका अध्यक्ष टाशी लामाले संयुक्त रुपमा ल्होछार भगवान प्रती फलफुल र सेल रोटी चढाइ उद्घाटन गरिएको थियो । जापानमा भर्खरै संगठित संघको यस चाडमा टोकियो देखी बाहिर नागोयाबाट पनि गायक कर्म दोङ तामाङ ,सोनम तामाङ र छवी लामाको आगमनले कार्यक्रमलाई झन रौनकता थपेको थियो । टोकियोमा तामाङ जातिको वाहुल्यता सँगै कलाकारहरुको वाहुल्यता बढेकोले भर्खरै संगठित भएको हो । नयाँ पिढीहरु पनि आफ्नै मौलिक परम्पराको सँरक्षण र सम्वर्धनको लागि कला र साँस्क्रृतिक पर्वले नयाँ युवा पिढिलाई पनि आकर्षित गर्दै निरन्तरता दिन सकिने उद्देश्यले खोलिएको यस संस्थाले पहिलो पटक गरेको ल्होछार पर्व टोकियोमा भएका तामाङ महिला तथा पुरुषहरु तामाङ भेषभुषामा सजिएर सहभागी भएका थिए । अधिकान्स जापानमा अध्ययनको शिलशिलामा आएका युवा युवतिहरुको जमघट भएको यस कार्यक्रममा प्रमुख अतिथिकोको आशनबाट सम्बोधन गर्दै महासंघका अध्यक्ष शेर्पाले जापानमा पहिलो पटक प्रमुख अतिथिको आशनको सम्मान दिएकोमा संघलाई हृदयदेखी धन्यवाद दिदै , तामाङ युवाहरुले विदेशी भुमिमा यस्तो राम्रो जमघट गरेर आफ्नो साँस्क्रृतिको जगेर्नाको लागि गरेको पहलकदमिबाट अत्यन्तै प्रभावित भएको मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै संघका सँरक्षक तथा महासंघका उपाध्यक्ष हवल चन्द्र लामाले देशको विषम परिस्थिती सँगै प्रदेश सभा र प्रतिनिधि सभाको आन्तरिक द्वन्दमा देश चुर्लुम्ब डुबेको परिवेशमा जातिय, भाषिक र आत्म निर्णयका अधिकारका मुद्दाहरुलाई यस्ता कार्यक्रमहरुले नेत्रुत्व तहमा भएका सम्बन्धित पक्षलाई सधैं झकझ्क्याउने मन्त्यव्य व्यक्त गर्नु भएको थियो । सभापतिको आशनबाट संघको अध्यक्ष टाशी लामाले हामीले गरेको यस सानो प्रयासमा सबै साथीभाई तथा मान्यजनहरु सबैले साथ र हौशला दिनु भएकोमा सबैलाई धन्यवाद दिदै औपचारिक कार्यक्रमको बिट मारिएको थियो । साँस्क्रृतिक कार्यक्रमको सुरुवाती तामाङ स्वागत गीतबाट सुरुवात गरिएको थियो भने केही समय को लागि जापान भ्रमणमा रहेका गायक तथा कलाकार चेतन सापकोटालाई पनि संघद्वारा स्वागत तथा सम्मान गरेको थियो । गायक सपकोटाले भर्खरै रिलिज भएको ' मखमली चोलिमा , ढाकाको तुनामा ' बोलको गीत सहित उनका आफ्नै अन्य चर्चित गीतहरुले दर्शकहरुलाई मनोरन्जन दिएका थिए । सापकोटाले ७० भन्दा बढी गाएका छन भने नेपाली टेलिशिरियल ' मेरी वास्सै' को पनि कलाकार हुन । तामाङ कलाकारहरुमा कर्म दोङ ,सम्झना , पूर्ण ,विश्व ,टाशी ,हिरा माया ,लक्ष्मी , राजेन्द्र , रेशम तामाङ सहित आर के स्याङ्तान ,शिना टिटुङ ,छवी लामा , मेनुका योन्जनले पनि तामाङ भाषाका आ आफ्नै कला तथा नृत्य प्रस्तुत गरेका थिए । जापानको सार्वजनिक बिदा हिजो आइतवार टोकियो स्थित एक सभाहलमा सम्पन्न गरेको हो । https://youtu.be/ywVVcJt9LIk


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.