१७ साउन/
शेर्पा जातिहरुकाे साझा संस्था नेपाल शेर्पा संघकेन्द्रिय कार्य समितिले संघको आफ्नै भवन आवश्यक रहेको हुँदा यही आउदो लोसार (च्यलो) सम्ममा निर्माण सम्पन्न गर्न संघका अध्यक्ष आङ दोर्जी लामाको मुल समिति रहने गरी कमिटी गठन गरिएको छ
संघको केन्द्रिय कार्यालयमा अध्यक्ष आङ दोर्जी लामाको अध्यक्षतामा साउन १६ गते सम्पन्न सो बैठकले याे महत्वपूर्ण निर्णय गरेकाे हाे । नेपाल शेर्पा संघका सम्पूर्ण पदाधिकारीहरु, केन्द्रिय सद्स्यहरु र सम्पूर्ण सल्लाहकारहरु उपस्थिति बैठकले आर्थिक संयोजकमा शेर्पा संघका पूर्व अध्यक्ष जिप छिरिङ्ग लामा, संघका पूर्व अध्यक्षहरु र सम्पूर्ण पदाधिकारी र पाचजना केन्द्रिय सदस्यलाई चयन गरिएको छ । भवन निर्माण गर्न जग्गा खरिदको लागि उपाध्यक्ष गेल्जे लामा, फुल्मु शेर्पा र आङ बाबु शेर्पा , सचिब किशोर शेर्पा, सह कोषाध्यक्ष आङ काजी शेर्पा र सद्स्यहरु गोम्बुशेर्पा, वोङ्छु लामा, नुर्पु शेर्पा लामालाई जिम्मेवारी दिईेएको महासचिब ङ्वाङ सोनाम शेर्पाले जानकारी दिनुभएकाे छ ।
साथै निर्माण कमिटिमा अध्यक्ष आङ दोर्जी लामा बरिष्ट उपाध्यक्ष लाक्पा शेर्पा उपाध्यक्ष आङ देन्डी शेर्पा महासचिब ङ्वाङ सोनाम शेर्पा सचिब आङ देन्डी शेर्पा कोषध्यक्ष डि एन लामा सद्स्य ङिमा डेन्डी शेर्पा टुक्ती शेर्पा, तेन्जी शेर्पा र आङ छिरिङ्ग शेर्पा लाई जिम्मेवारी तोकिएकाे संघका महासचिव शेर्पाले बताउनु भयाे ।
यस महान कार्यलाई समयमै सम्पन्न गर्न देश बिदेशमा रहेका सम्पूर्ण शेर्पा समुदाय संघसंस्था ,किदुक,समाज लगायत सम्पुर्ण दाताहरुलाई अनुरोध गर्ने निर्णय गरियो । यस सम्बन्धी थप जानकारी पनि गर्दै लाने निर्णय बैठकले गरिएको छ ।।