नेपाल आइडल टोली

Everest Fuji News २०७४ कार्तिक १६ मा प्रकाशित       Published at 2017 Nov 02


बेलायतका विभिन्न सहरमा सांगीतिका प्रस्तुतिका लागि नेपाल आइडलको टोली बुधबार लण्डन आइपुगेको छ।   कार्यक्रमका लागि नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेण्ड रनर अप प्रताप दास र टप टेनमा पर्न सफल प्रतिस्पर्धी प्रमिला राई, उद्घोषक सुशील नेपाल र गायक विवेक श्रेष्ठ लगायत लन्डन आएका हुन्। टोलीलाई आयोजकहरुले लण्डनमा भव्य स्वागत गरे। लण्डन आएर कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल आइडल बुद्ध लामाले राम्रो प्रस्तुत दिएर सबैलाई मनोरंजन दिने बताए । नेपाल आइडलका टोलीलाई हेर्न र उनीहरुको सांगीतिक प्रस्तुतिको तीब्र प्रतिक्षामा यतिखेर बेलायतमा रहेका नेपालीहरु उत्साहित छन्। कार्यक्रमको पहिलो शो यही शुक्रबार नोभेम्बर ३ मा लण्डनको अल्डरसट स्थित एम्पायर हलमा, नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, नोभेम्बर ५ मा हयारो लिजर सेन्टर, नोभेम्बर ८ मा स्कटल्याण्डको एबरडिन, नोभेम्बर ११ मा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने आयोजले बताएका छन्। मनकामना रेमिट, पोखरा ट्राभल र मुनटाज इन्टरनेसनलले संयुक्त रुपमा नेपाल आइडल ‘लाइभ इन यूके’ आयोजना गरेको हो। कार्यक्रमका अग्रिम टिकट लिनेलाई २० पाउण्ड र ढोकामा लिनेलाई २५ पाउण्ड तोकेको छ। १० देखि १५ वर्षसम्मका बालबालिकालाई भने १५ पाउण्ड मात्र लाग्नेछ । तर स्कटल्याण्डको एबरडिनमा सबैलाई टिकेटको मूल्य १५ पाउण्ड तोकेको छ। कार्यक्रम पूरा गरी नेपाल आइडलको टोली नोभेम्बर १५ मा नेपाल फर्किने कार्यक्रम छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.