फुर्वा शेर्पा
बिश्वकै बिकसित देशहरूका सुचीमा रहेका सुन्दर देश जापानमा राजगार अध्ययन भ्रमण लगायत बिबिध भिषामा बिभिन्न देशका नागारिकहरू अ।उने गरेका छन् । नेपालीहरूका लागि पनि जापान प्रमुख गन्तब्य मुलुक बनेके। छ । प्रबिधिके। उच्चतम प्रये।ग गर्ने प्राकृतिक रूपमा समेत सुन्दर देश जापान सहजै रुपमा रे।जगारी पाउने भएक।ले यहाँ अवसर संगै चुनै।ती र समसयाहरूपनि छन् । नेपाल र जापानबीच सन ज१९५६जुलाइ२८देखि कुटनैतिक सम्बन्ध स्थापना भएपछि उल्लेखिय रूपमा जापान भित्रिने क्रम बढेके। हे। । सन १९८८मा नेपाल र जापानके। सम्बन्ध सुमधुर बनाउने उद्देश्यले नेपाली एशे।शिएशन अफ जापान नामक संस्थकाके। गठन भएके। थिये। । यस भन्दा अगाडि नेपाल सरकारले सन १९०२ तिर ८जना नेपाली बिध्यार्थीहरूलाइ अध्ययनका लागि जापान पठाएका थिए । सन २००२मा Japanese university of Alumni association of Nepal स्थापना भएके। थिये। । त्यसपछि सन २००३ सालमा गैरआबसीय नेपालीसंघ (NRN)स्थापना भइ बिबिध सामाजिक कामहरु गर्दै आइरहेकाे पाइन्छ ।
बर्तमानमा आएर जापानमा नेपाली हरुको संख्या ह्वात्तै बडेको छ । सन् २०१४काे तथ्यांक अनुसार जापानमा नेपालीहरुकाे जनसंख्या ५४७७५रहेकाे छ ।जापान आगामनमा बृद्दि संगै जापानकाे टाेकियाे लगायत प्रमुख शहरहरुमा बसाेबास गर्ने नेपालीहरुमा संघ संस्था स्थापना गर्ने हाेडबाजी नै चल्न थालेकाे छ । नेपालबाट पनि बिभिन्न जिल्लाहरुबाट आएका छन् ।कसैले टाेल समाजकाे बिकासका समाज ,समुह स्थापना गर्ने गरेका छन् भने कसैले जापानबासी नेपालीहरुकाे भैपरि समस्या राहत सहयाेग गर्न साथै नेपालमा बिकास र बिबिध काम गर्न बिभिन्न नाममा संस्था ,क्लब ,हरु स्थापना गर्दै आइरहेका छन् । त्यस्तै जापानमा रहेका ब्यबसायी,बिध्यार्थी ,महिला ,पत्रकार,कलाकारहरुले समेत आफ्नाे पेशागत हकहितका लागि ,प्रबासमा बसेर एकजुट भइ नेपालकाे शिक्षा,स्वास्थ्य ,यातायात,संचार ,बिधुत लगायतका क्षेत्रमासहयाेग/बिकास गर्नजुटिरहेका छन् ।जापानमा नेपालका बिभिन्न जातजातिका मानिसहरु बसाेबास गरिरहेका छन् ।आफ्नाे धर्म ,संस्कृति ,परम्परा,संरक्षणकालागि आ-आफ्नाे जातिय संस्थाहरु मार्फ़त जापानमा तथा नेपालमा आफ्नाे पहिचान झल्काउने बिबिध कार्यक्रम हरु र सामाजिक बिकासका कामहरु गर्दै आइरहेका छन् ।
जापानमा मगर ,राइ,शेर्पा,थकाली,ह्याेल्माे,तामाङ ,गुरुङ लगायतका जातिहरुकाे जातिय संस्थाहरु सकृय रुपमा रहेका छन् ।
जापानमा अग्रणी संस्थाकाे रुपमा रहेका ग़ैर आबसीय नेपाली संघNRNजापानले पछिल्लाे समयमाआएर प्रशंसानीय गतिबिधिहरु संचालन गरिदै आएकाे छ ।जापानमा रहेका नेपालीहरुलाई आइपर्ने बिभिन्न समस्याहरुलाई राहत पुर्याउने हेतुले ५ कराेड राहत काेष अभियान सफलतापुर्बक संचालन गरी NRNजापान जापानबासी नेपालीहरुकाे ढुकढुकी बन्न समेत सफल भएकाे छ ।जापानमा संधसंस्थाहरुले सामाजिक कामहरु गर्दै जादा केही आराेपहरुपनि जनस्तरबाट उठ्ने गरेकाे पाइन्छ
जनस्तरबाट उठेका केही आराेपहरु निम्न लिखित छन् ।
१)संघसंस्था स्थापना गर्दा सबैलाई जानकारी नहुनु,सीमित ब्यक्तिहरु भेला भएर संस्थाकाे न्वारण गर्नु ।
२)धेरै जसाे संस्थाहरुले बैशाख १२र२९मा नेपालमा गएकाे बिनासकारी भुकम्पकाे कारण पीड़ित नेपालीहरुकाे राहत एबं सहयाेगका लागि सांगितिक कार्यक्रम हरु आयोजना गर्ने ,साेकाे निर्णयदेखि लिएर कलाकारहरुकाे भिषा प्रकृया,जापानकाे एयारपाेटमा आेर्ले देखि कार्यक्रम स्थल सम्म पुगेर समापान पछि नेपाल फर्किसकेकाे भनी समाचारहरुमा सामाजिक संजालमा फैलाउने तर लक्षित कार्यक्रमकाे लागि कति रक़म संकलन र कति ख़र्च भयाे संचारमाध्यमहरुमा कमै संस्थाहरुले मात्र सुचना तथा बिबरणहरु दिनु ।
३)प्राय शनिवार र आईतबार बिदाकाे दिन पारेर धेरैवटा संस्थाहरुले कार्यक्रम आयाेजना गर्ने गरेकाे ,बिभिन्न ब्यक्ति समुहले बिभिन्न उद्देश्यले राहत सहयाेग संकलन गर्ने गरेकाे पाइन्छ ।आफ्नाे इज़्ज़त जाेगाउन र सम्बन्ध राख्न समेत रक़म सहयाेग गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना हुनु ।
४)धेरै जसाे संस्थाहरुले एकै खाले ईभेन्ट तथा कार्यक्रम हरु आयाेजना गर्ने गरेकाेले सहभागीहरुलाई कार्यक्रम काे बारेमा ध्यान र चासाे नहुनु ।
५)एउटै उदेस्यका संस्थाहरु २वा साे भन्दा बढी शहर हरुमा स्थापना हुनु कुन केन्द्र कुन शाखाकाे रुपमा स्थापना भएकाे दाेधार हुनु ।कमै संस्थाहरु मात्र दर्ता भएकाे ।
६)कुनै संस्थाका कार्यक्रमहरु उद्देश्य केन्द्रित भन्दापनि ब्यक्ति र संस्थाकाे नाम कमाउने उद्देश्यले संचालन हुने गरेकाे पाइन्छ ।
भनिन्छ राम्राे कुरा संगै नराम्राे कुरा नि संगै आउछ ।प्रबासमा संघसंस्था स्थापना गरी सामाजिक काम गर्नु सजिलाे भने पक्कै छैन तर जनस्तरबाट उठ्ने गरेका उल्लिखित आराेपहरु ,टिकाटिप्पणीहरुलाइ सबैले आत्मासात गरी संस्थाकाे ग़लत संदेश गराउने र जापानी माझ हामी नेपालीहरुकाे आचारण र प्रतिष्ठा माथि अबस्यपनि प्रश्न उठ्न दिनु हुदैन ।