बिस्वको बालबालिकालाई अनेसासले एउटै नेपाली भाषाको किताब उपलब्ध गराउने -

Everest Fuji News २०७४ श्रावण ३२ मा प्रकाशित       Published at 2017 Aug 16


पछील्लो समयमा नेपाली समुदायहरु नगन्य रुपमा बिदेश पलायन भए सङ्गै यसको अनुपातमा बाल बालिकाहरुको वृद्धि हुने निश्चित छ , यसैलाई लक्षित गरी अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) ले नेपाली भाषाको लोप हुनबाट जगेर्ना गर्नको लागि विश्व भरका बालबालिकालाई एउटै प्रकारको किताब प्रकाशन गर्ने तयारी गरेको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर ( अनेसास ) द्वारा आयोजित " जापानमा नेपाली कवि र कविता ' बिषयक कृति विमोचन तथा कवी गौष्ठिलाई सम्बोधन गर्दै अतिथिको आसन बाट नेपाल देखी आउनु भएका केन्द्रिय उपाध्यक्ष्य राधेस्याम लेकालीले अहिले देखी नै विदेशी डायस्परामा रहेका नेपाली मुलका वाल वालिकाहरुलाई यो अभियान सुरु नगर्ने हो भने नेपाली भाषा चाडै नै लोप हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्नु भयो । यसको लागि जापान च्याप्टर लगायत अन्य देशले पनि अक्षय कोषको स्थापना गर्नु पर्ने सुझाव दिनु भयो । साथै उहाले विदेशका पिडालाई साहित्य मार्फत अभिव्यक्त गर्ने माध्यम भएकोले पाचौ विश्व सम्मेलन अस्ट्रेलियामा हुने बताउनु भयो । चौथो सम्मेलन भने २ वर्ष अघी जापान मै भएको थियो । सो दुई दिने सम्मेलनमा अमेरिका, बेलायत , अस्ट्रेलिया , क्यानाडा , भारत लगायत नेपालबाट प्रज्ञा प्रतिष्ठानका कुलपति, त्रिभुवन विश्व विद्द्यालयका नेपाली विभागका प्रमुख लागायत अन्य श्रष्टाहरुको पनि उपस्थिती रहेको थियो । आगामी अस्ट्रेलियाको पर्थमा हुने अन्तरराष्ट्रिय साहित्य सम्मेलनमा विभिन्न देशका सहभागी हरु बढ्न सक्ने आँकलन गरिएको छ । टोकियो, सिन्जुकु कु स्थित एक सभा हलमा सम्पन्न भएको साहित्यक कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा , नेपालबाट आमन्त्रीत वरिष्ठ साहित्यकार राजेन्द्र अस्तफल लगायत अन्य वक्ताहरुले पनि बोलेका थिए भने दर्जन भन्दा बढी श्रष्टाहरुले कविता वाचन गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.