जापानमा नेपाली कवि र कविता कृतीको विमोचन सहित साहित्यिक शृंखला सम्पन्न

Everest Fuji News २०७४ श्रावण ३० मा प्रकाशित       Published at 2017 Aug 14


अन्तरराष्ट्रीय नेपाली साहित्य समाज जापानको ४१ औँ साहित्य श्रृङ्खला, जापानमा नेपाली कवि र कविता कृतीको विमोचन साथै कवि गोष्ठी कार्यक्रम यही अगष्ट १२ तारिख शनीवार टोकियो ओकुबो स्थित आर.एस. कोर्ट हलमा भव्यताका साथ सम्पन्न भयको छ। संस्थाका अध्यक्ष बिष्णु प्रसाद घिमीरेको अध्यक्षतामा सम्पन्न उक्त्त कार्यक्रमा नेपाली राजदुतावास जापानका राजदुत प्रतिभा राणा को प्रमुख आतिथ्यता रहेको थियो भने नेपालबाट आमन्त्रित अतिथि द्वय अनेसासका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली र चितवन साहित्य परिषदका अध्यक्ष, उप-प्राध्यापक सुरेन्द्र अस्तफल उक्त कार्यक्रमका बिशिष्ठ अतिथीको रूपमा रहनुभयको थियो। त्यसैगरी अतिथि हरूमा अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला, NRNA ICC सदस्य कपिलदेव थापा, NRNA जापानका अध्यक्ष सुदन थापा, NRNA जापानका पुर्व अध्यक्ष रोशन के.सी, जापानका लागी पर्यटन अवैतनिक दुत अनुज थापा लगायतका समाजका विशिष्ट व्यक्तित्व हरू डा. राम गिरी, जिज्ञान कुमार थापा, डा. सुर्य पाठक, डि.पी. कँडेल, हवल चन्द्र लामा लगायत विभीन्न दर्जन भन्दा बढी संघसंस्थाका अतिथी गणहरू र १०० जना भन्दा धेरै स्रष्टाहरूको को उपस्थितिमा अनेसास जापानको कार्यक्रम भव्य र सभ्य तबरले सम्पन्न भयको छ। जापानमा रहेर साहित्य सृजना गरिरहेका समस्त १०६ जना कविहरूको एकमुष्ट कृती जापानमा नेपाली कवि र कविता विमोचन कार्यक्रम ४१औँ श्रृङ्खलाको मुख्य आकर्षण रहेको थियो। कार्यक्रममा स्रष्टाहरू गिरीजा गैह्रे, सँगीता कुवँर, सुमित गिरी, सविना रेग्मी, दिपा घिमीरे, सि. एम. मरहठ्ठा, राजेन्द्र पैडेल, राजन कुमार पौडेल, लोकनाथ अधिकारी, भुवन रोका, अरूण पौडेल, अर्जुन दृष्टि पौडेल, मिनराज बास्तोला, रविन शर्मा, शेखर विकल्प, जिवन अर्याल, श्रवण सत्याल, भगवती उप्रेती, प्रेमिला गौचन, सरिता ढकाल, मञ्जु गिरि वन, विमन किराती, उदय रानोहोँछा, शरद कुमार गौचन,ऋतुकुमार दुरा, हेमन्त गिरी, दिनेशराज ज्ञवाली, वेलुकाजी थापा, आलोक चालीसे, पिताम्बर चापागाई, प्रकृति फुँयाल, विशाल रेग्मी, ज्वाला सँग्रौला, प्रकाश पौडेल माईला, अनुज थापा, सुदन थापा, बिष्णु प्रसाद घिमीरे,दिप पाठक लगायत ले मातृत्व, देशभक्ति, प्रेम, व्यङ्ग्य र करूणाले भरिपुर्ण आफ्ना वुलन्द रचनाहरू प्रस्तुत गर्नुभयको थियो। सोहि अवसरमा संस्थाका सदस्य सर्जक जिवन अर्यालको तिज गित प्रदेशीको पनी विमोचन गरियको थियो। संस्थाका महासचिव दिप पाठकको संचालनमा सम्पन्न भयको उक्त कार्यक्रममा प्रमुख अतिंथी र विशिष्ट अतिथी हरूले साहित्य समाजको एेना भयको र यसको संरक्षण प्रवर्धनमा आफुहरू सधै अग्रसर रहेर सहयोग गर्नेछौ भन्दै आफ्ना सारगर्भित भनाईहरू राख्नु भयको थियो।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.