"भ्रष्टाचारको चपेटामा देश" म्युजिक भिडियो सार्वजनिक

Everest Fuji News २०८१ भदौ २९ मा प्रकाशित       Published at 2024 Sep 14




 काठमाडौं ।

हेम-सरिता पाठक फाउन्डेसनले आज फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले रचना गर्नु भएको भ्रष्टाचार विरुद्धको गीत "भ्रष्टाचारको चपेटामा देश" म्युजिक भिडियोको सार्वजनिक गर्‍यो ।

सो म्युजिक भिडियोको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथिद्वय नेपाल सरकारका पूर्व मुख्य सचिव लीला गड्तौला र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरे । 


कार्यक्रममा गीतकार हेम पाठकले विशेष मन्तव्य राख्दै गीत सिर्जना र संस्थाको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए । साथै गीतकार पाठकले आफू नेपालमा रहँदा तीन दशकअगि सामाजिक विकास समाज, अनामनगरमार्फत भ्रष्टाचार विरुद्धको जुलुस निकालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाकक्षमा भ्रष्टाचार विरुद्धको कार्यक्रम गरेको स्मरण गरेका थिए ! सोही अवसरमा गीतकार पाठकले बृद्द भ्रष्टाचारीहरु मरेर गए पनि तिनीहरुको हड्डी जेलमा हालेर असुलउपर गर्नुपर्ने बताएका थिए ।

फाउन्डेसनकी संरक्षक सरिता पाठकको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका विशिष्ट अतिथिहरु वरिष्ठ सर्जक एवं भ्रष्टाचार विरुद्धको अभियन्ता भरत जंगम, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी. र नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा वित्यासी रहनु भएको थियो । 

कार्यक्रममा फाउन्डेसनका सल्लाहकारहरु रविन्द्र मिश्र, रामेश्वर फुँयाल, विज्ञान शर्मा, रमेश खरेल, देवेन्द्र सिटौला र तीर्थ कोइराला तथा पूर्व राजदूत अर्जुन कार्की, प्रचार विभाग प्रमुख मातृका पौडेल र नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीको उपस्थिति रहेको थियो ।

  संस्थाका भ्रष्टाचार विरुद्धका अभिव्यक्ति दूत किरण के. सी. (म्युजिक भिडियोका नायक), "भ्रष्टाचारको चपेटामा देश" म्युजिक भिडियोकी  गायिका कुन्ती मोक्तान, गायक शिशिर योगी, र सङ्गीतकार बी बी अनुरागी लगायत म्युजिक भिडियोका कलाकारहरु विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू,  आर. के. मानन्धर र म्युजिक भिडियोका निर्देशक सुदन के. सी. को उपस्थिति रहेको थियो ।

आइप्लेक्स मल, मध्यबानेश्वर, काठमाडौँमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथिद्वय लीला गड्तौला र  मदनकृष्ण श्रेष्ठ, विशेष अतिथिहरु रविन्द्र मिश्र र प्रा. डा. सुरेन्द्र के. सी. अध्यक्ष सरिता पाठक र कलाकार किरण के. सी.ले आआफ्नो मन्तव्य राखेका थिए ।

फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन कार्यक्रम प्रस्तोता बिबुसा बस्नेतले गरेकी थिइन । कार्यक्रममा बुद्धिजीवी, पत्रकार, सर्जक, अभियन्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.