समाचारदाता
राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसर पारेर अनेसासले 'कविता महोत्सव- २०२३' आयोजना गर्ने भएको छ । यस महोत्सव अनेसास कविता महोत्सवको तेस्रो संस्करण हो । आगामी सेप्टेम्वर २३ अर्थात् असोज ६ शनिबार कविता महोत्सव हुनेछ । महोत्सवमा सहभागी हुन चाहने प्रतियोगी सर्जकले सेप्टेम्वर १५ ( भदौ २९) भित्र तोकिएको इमेलमा कविता पठाएर सहभागिता जनाउन सक्नेछन् ।
विश्वका कुनै पनि मुलुकमा रहेर नेपाली भाषामा सिर्जनारत सर्जकले सहभागिता जनाउन सक्ने यस महोत्सवमा पुरस्कृत कविलाई नगदसहित सम्मान-पत्र समर्पण गरिनेछ । प्रतियोगितामा प्रथम हुने एकजना कविलाई अमेरिकी डलर ५ सय, द्वितीय हुने एकजना कविलाई ३ सय र तृतीय हुने ३ जना कविलाई २- २ सय नगद प्रदान गरिने छ ।
नियमहरूः
१.कविता नितान्त मौलिक/अप्रकाशित /अप्रसारित र अधिकतम २०० शब्दको हुनुपर्नेछ ।
२.एकजनाको एउटा मात्र कविता स्वीकार गरिनेछ ।
३.कविताको साथमा कविको सम्पर्क नम्बर, इमेलसहित छोटो परिचय र पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।
४. प्राप्त भएका कविताहरूबाट वाचनका ला