काठमाडौं /
नेकपा एकीकृत समाजवादीले आन्दोलनको दोस्रो चरणको कार्यक्रम सहित परिपत्र जारी गरेको छ ।
सो पार्टीका महासचिव घनश्याम भुसालले जेठ ३१ गतेसम्मको आन्दोलनको कार्यसूची सहित पार्टी पंक्तिमा परिपत्र पठाएको बताउनु भएको छ । उहाँले गत चैत्र १ गतेदेखि सुरु गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत सबै प्रदेश कमिटीहरूको जुम बैठक, विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल तथा सुझाव संकलन र केन्द्रदेखि स्थानीय तहसम्म ज्ञापन पत्र बुझाउने काम सम्पन्न भएको समेत बताउनु भएको छ । उहाँले जेठ महिनाको कार्यक्रमले पार्टी पङ्क्तिलाई सम्पूर्णरुपले आन्दोलनको वरिपरि गोलबन्द गर्ने समेत बताउनु भएको छ । जिल्ला, पालिका अधिवेशनहरू पनि आयोजना गर्दै असार र साउन महिना आन्दोलनद्वारा पार्टी निर्माण भन्ने मुख्य विषयमा पार्टीव्यापी रूपमा प्रशिक्षण आयोजना गर्ने र भदौदेखि आन्दोलनको तेस्रो चरण सुरु हुने समेत उहाँले बताउनु भएको छ ।।