रत्न लक्ष्मीका दुई कृतिको विबेचना

Everest Fuji News २०८० श्रावण २७ मा प्रकाशित       Published at 2023 Aug 12




 काठमाडौं । 

लेखक रत्नलक्ष्मी श्रेष्ठका कृतिहरू "चिन्ता र चासो" लेखसङ्ग्रह तथा "स्वाभिमानको तस्वीर" कवितासङ्ग्रहको सम्बोधन  भएको छ  । साहित्यिक पत्रकार संघद्वारा आयोजित सो कार्यक्रममा   संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्भप भएको हो ।

उक्त कार्यक्रममा वक्ताहरूले रत्नलक्ष्मीका रचनाहरूमा देश र समाजप्रतिका चिन्ता र चासोका अतिरिक्त चिन्तन र विश्लेषण पनि पाइने बताउनुभयो । 

प्रमुख अतिथिको आसनबाट इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सीले “हामीले गीताका अभिव्यक्त विचारहरू आफ्नो आवश्यकताअनुसार मात्र प्रयोग गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै समग्र गीताको गम्भीर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रेष्ठका कृतिहरूमा समाज र देशमा विद्यमान विकृतिविरूद्ध कडा प्रहार पाइने धारणा राख्नुभयो । 

समालोचक प्रमोद प्रधानले श्रेष्ठको चिन्ता र चासोमा समसामयिक विषयप्रतिको गहिरो चिन्तन र विवेचना पाइने बताउँदै लेखनमा उहाँ इमानदार हुनुभएको उल्लेख गर्नुभयो । अर्का समालोचक डा. गोविन्दमानसिंह कार्कीले श्रेष्ठका कविताहरूमा विषयगत विविधतासँगै समय र समाजका चित्रहरू सरल रूपमा कोरिएको चर्चा गर्नुभयो । सर्जक डा. गीता शिवाकोटी खरेलले श्रेष्ठको सङ्घर्ष, शिक्षाप्रतिको असीम चाहना र समाजसेवाका बारेमा प्रकाश पार्दै उहाँको योगदानको प्रशंसा गर्नुभयो ।

समालोचक डा. शान्तिमाया गिरी र साहित्यकार मन्जिला अनिलले पनि कवि एवम् लेखक श्रेष्ठको कृतिहरूमा पाइने विशेषताहरूको चर्चा गर्नुभएको थियो । 

लेखक श्रेष्ठले  आफू कविलेखक नभए पनि देश र समाजमा देखिएका विकृति एवम् विसङ्गतिहरूलाई हटाउनका लागि हृदयबाटै अभिप्रेरित भएर कलम समाएको बताउनुभयो । उहाँले यस वर्ष आफ्ना दुई कृति प्रकाशित गर्ने योजना भएको जानकारी पनि दिनुभयो । कार्यक्रममा  कलाकार मदनदास श्रेष्ठ, पुस्तकका सम्पादक डा. मधुसूदन लामिछाने र राजेश श्रेष्ठले पनि लेखकलाई शुभकामना दिनुभएको थियो । 

साहित्यकार श्रीबाबु कार्कीले संचालन गर्नुभएको उक्त कार्यक्रममा संघका सचिव नीता श्रेष्ठले स्वागत भाषण गर्नुभएको थियो । कवि मुरारि सिग्देलले "स्वाभिमानको तस्वीर" कविताकृतिबाट एक कविता वाचन गर्नु भएको थियो । 

कार्यक्रममा लेखक श्रेष्ठलाई  माला, सापस स्वर्ण महोत्सव मेडल, र खादा लगाएर सम्मान पनि गरिएको थियो ।  

 किस्जोर पहाडी, राजेन्द्र के. सी., गीता मैनाली, कमला रिसाल, डा. दामोदर पुडासैनी, हरि थापा, मीठु ठापा., शंकर भारती, डा. बुनु दाहाल, सरस्वती गौतमलगायतको उपस्तिथि रहेको थियो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.