ईश्वरी भट्ट,
न्यूह्यामसायर,अमेरिका |
अनेसास न्यूह्यामसायरले शनिवार हुक्सेट पब्लिक लाइब्रेरीमा २१०औँ भानुजयन्ती मनाएको छ। अनेसास केन्द्रका अध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता तथा महासचिव विमला निरौलाको विशेष उपस्थिती रहेको उक्त कार्यक्रम च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।
नेपाली र अमेरिकी राष्ट्रिय गानसँगै भानुभक्तको फोटोमा माल्यार्पणबाट शुरू भएको कार्यक्रममा कवि रामचन्द्र भण्डारी र तारा देवी न्यौपानेले श्लोक वाचन सहित भानुभक्तको छोटो परिचय राख्नु भएको थियो।
प्रमुख अतिथि केन्द्रिय अध्यक्ष गोवर्द्धन पूजाले “अनेसास न्यूह्याम्पसायरले नियमित र व्यवस्थित कार्यक्रम गर्दै आएकोमा धन्यबाद दिनुहुँदै, यतिखेर संसारभर अनेसासको नेतृत्वमा भानुजयन्ती मनाएको छ” भन्नु भयो।महासचिव विमला निरौलाले भाषा र साहित्यको विकाससँगै बालबालिकाहरूलाई नेपाली भाषा सिकाउनु पर्नेमा जोड दिनु भयो।
साहित्यकार ईश्वरी भट्टद्वारा संचालन गरिएको सो कार्यक्रममा साहित्यकारहरु शिव कुमार राई, लालगोपाल सुवेदी, शुशिल नेपाल, अनु शाह, डा. रूद्र अर्याल, नेपाली समाज न्यूह्याम्पसायरका अध्यक्ष लाक्पा शेर्पा, राई समाज अमेरीकाका महासचिव मुक्ति नारायण राई, बिओटी खडिमान राई, अनेसास बिओटी मोहन निरौला, बिडीए अध्यक्ष डम्बर कडरिया, एनआरएन च्याप्टर अध्यक्ष कमल ढुंगाना, सृजना शर्मा, सदस्य उषा गुरूड॰, चन्द्र कडरिया, जुनु कडरिया लगायत उपस्थित सबै जनाले आदिकविको तश्वीरमा फूल माला अर्पण गरेका थिए ।
साहित्यकारहरू, लाल गोपाल सुवेदी, शुशील नेपाल, अनु शाह, डा रूद्र अर्याल, ईश्वरी भट्ट, सृजना शर्मालगायतले आफ्ना रचना वाचन र लाक्पा शेर्पा, शिवकुमार राई, मुक्ति नारायण राईलगायतबाट भानुको महत्व बारे मन्तव्य व्यक्त गरेका थिए ।
च्याप्टरका अध्यक्ष हरिमाया अधिकारीले उपस्थित सबै जनालाई धन्यबाद व्यक्त गर्दै सभा विसर्जन गर्नु भएको थियो।