साहित्यकार गोपाल अश्कका कृतिहरु लोकार्पण

Everest Fuji News २०७९ मंसिर १६ मा प्रकाशित       Published at 2022 Dec 02




आज २०७९ मङ्सिर १६ गते शुक्रबार, थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा साहित्यकार गोपाल अश्कका दुई कृतिहरू लोकार्पण भयो । 

साहित्यकार अश्कद्वारा लिखित 'नेपालीय भोजपुरी साहित्यको इतिहास' र अर्को कृति अश्कबारे विभिन्न विद्वानहरूद्वारा लेखिएका लेखहरूको सँगालो 'साहित्यकार गोपाल अश्क' दुबै कृतिहरु कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार ड़ा. ध्रुवचन्द्र गौतमले गर्नु भएको हो । 

नेपाल स्रष्टा समाजद्वारा आयोजित उक्त कार्यक्रममा कृतिहरूबारे समालोचकहरू दिनेश गुप्ता, प्रमोद प्रधान र प्राडा कुमार कोइरालाले समीक्षात्मक मन्तव्य दिनु भएको थियो भने साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, भाषा आयोगका अध्यक्ष उषा हमाल र नेपाल स्रष्टा समाजका सल्लाहकार पवन आलोकद्वारा शुभकामना मन्तव्य व्यक्त भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि ड़ा. ध्रुवचन्द्र गौतमले गोपाल अश्क बहुमुखी प्रतिभाशाली भएको कुरामा जोड दिनु भयो । 

कवि मधु पाठकको उद्घोषणमा सञ्चालित सो समारोहको अध्यक्षता नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ "रोदन"द्वारा गरिएको थियो भने स्वागत भाषण समाजका महासचिव देविका तिमिल्सिनाद्वारा गरिएको थियो



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.