साहित्यकार तथा निर्देशक गगन विरहीको निधन

Everest Fuji News २०७५ आश्विन १५ मा प्रकाशित       Published at 2018 Oct 01


काठमाडौंं – साहित्यकार तथा चलचित्रका निर्माता निर्देशक गगन विरहीको निधन भएको छ । आइतवार दिउँसो ४ बजे नर्भिक अस्पतालमा उनले अन्तिम सास लिए ।

लामो समयदेखि कलेजो रोगबाट पिडित उनलाई अचानक रुघाखोकी र ज्वरोले गालेपछि गत शनिबार नर्भिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उनको निधनको कारण निमोनिया र मृगौलामा देखिएको असरका कारण रहेको अस्पतालले जनाएको छ ।

‘झ–झल्को’, ‘मितेरी गाउँ’, ‘शिखर’ र ‘घर–आँगन’ जस्ता नेपाली चलचित्र निर्देशन गरेका विरहीको आइतवार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

‘संकल्प’बाट गीतकार र प्रस्तुतकर्ताको रुपमा चलचित्र डेब्यु गरेका उनले ‘भाउजु’ र ‘ट्रक ड्राइभर’का गीत समेत लेखेका थिए । बिरहीले ‘मितेरी गाउँ’, ‘शिखर’ र ‘घर–आँगन’आफैले निर्माण गरेको चलचित्र हो ।

केही दिन अगाडि उनी आफ्नो पछिल्लो कृती बिमोचन तयारीमा थिए । तर स्वस्थ्यमा समस्य देखिए पछि उनलाई अस्पताल भर्ना गरियो । पिताको सपना छोरी एलिना श्रेष्ठ अस्पतालमा पुराएकी छन् । निधन हुनु दुई घन्टा अघि छोरी श्रेष्ठले विरहीको अन्तिम कृति ‘हस्ताक्षर’ अस्पताल परिसरमा लगेर बिमोचन गराएर पिताको समपना पुरा गरेकी हुन् ।

नेपाल टेलिभिजनको पहिलो समाचारवाचकको रुपमा समेत परिचित ६१ वर्षीय विरहीका करिब ६ दर्जन कृति प्रकाशित छन् । उनका श्रीमती, एक छोरा र छोरी रहेका छन् ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.