रामकुमार पाडे र प्रकाश माइलाको 'हजार हाइकु' बिमोचित

Everest Fuji News २०७५ असार २२ मा प्रकाशित       Published at 2018 Jul 06


काठमाडौँ । हाइकुकार द्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ बिमोचित भएको छ ।

हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ गीतकार रत्नशमशेर थापाले कृतिको बिमोचन गरे । दर्जनौ हाइजिनहरुको उपस्थिती को भव्य समारोह को बिच कार्यक्रम सम्पन्न भएको थियो ।

बिमोचित पुस्तक माथी समिक्षा गर्दै समालोचक महेश पौडेलले ‘हजार हाइकु’ हाइकु मात्र नभई हाइकुको इतिहास र संरचनाको जानकारी समेत भएको बताए ।

 

  यस्तै अर्का समालोचक दामोदर पुडासैनीले यो हाइकु सङ्ग्रह हाइकुप्रेमी तथा लेख्न र सिक्न चाहनेहरुको लागि पढ्नै पर्ने पुस्तक सावित भएको बताए । वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दुई लेखकहरू हाइकुको राम्रो संरचना र गहिराइ बुझेका लेखक भएको र यो कृति आफैमा उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी वरिष्ठ गीतकार रत्नसमशेर थापाले यो कृति नेपाली साहित्यको बजारमा हाइकु विधामा एक सशक्त र बलियो पुस्तकको रुपमा आएको बताए ।

स्रस्टाहरु प्रकाश पौडेल 'माइला' र रामकुमार पाडेले मन्तव्य राख्दै यो कृती जन्मनुको सन्दर्भ बारे बोल्दै कृती भित्रबाट केहि हाइकु बाचन गरेका थिए । माइला बिगत १३ वर्ष देखी हाइकुको उदगम थलो जापान मै बसेर हाइकु बारे खोज र अनुसन्धानमा ब्यस्त छन भने पाडेले नेपालमा बसेर नेपाली हाइकुलाई नेतृत्त्व प्रदान गर्दै आएका छन ।

कार्यक्रम कृति प्रकाशक एवम् शिखा बुक्सका पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । २६२ पृठ भएको उक्त पुस्तकको मुल्य रु ३२५ रहेको छ भने पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.