अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गरेको दिन उसका लागि सबैभन्दा दुखद् दिनः ट्रम्प
Everest Fuji News२०७४ भदौ २३ मा प्रकाशितPublished at 2017 Sep 08
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथिको सैन्य कारवाही अब अपरिहार्य भएको बताएका छन् ।
उनले यो नै उत्तर कोरियाको लागि सबैभन्दा दुखद क्षण हुने पनि बताएका छन् ।
“उत्तर कोरियामाथिको सैन्य कारबाही अब अपरिहार्य बनेको छ,” अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीवार भनेका छन्,“तर उनले यो दिन उत्तर कोरियाको लागि सबैभन्दा दुखद् दिन हुनेछ ।”
उनले उत्तर कोरियाको अहिलेको व्यवहार निकै कटु रहेको र यसलाई रोक्नैपर्ने अवस्थाको सिर्जना भएको समेत दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति निवासमा ब्रिफिङ् गर्दै ट्रम्पले सैन्य कारबाही नै विकल्प भएको उल्लेख गरे ।
“सैन्य कारबाही अवश्य पनि एउटा विकल्प हो र यसको अर्को विकल्प देखिएको छैन, सबै कुरा अपरिहार्य छ । तर हामीले अपेक्षा गरेका छौं उत्तर कोरियामाथि सैन्य बल प्रयोग गर्नुनपरोस् । यदी हामीले प्रयोग गर्नुपर्यो भने उत्तर कोरियाको लागि त्यो दिन निकै दुखद् हुनेछ,” उनले भने ।
उत्तर कोरियाले यही साता आफ्नो आणविक परिक्षण गरेको थियो जसलाई उसले अहिलेसम्म कै सबल र सफल भएको दाबी गरेको छ ।
अमेरिकी अधिकारीहरुले अमेरिकाले गरिरहेको तयारीबारे केही पनि बताएका छैनन् तर उत्तर कोरियाविरुद्ध कारबाहीको लागि केही पनि छलफल वा तयारी नगरिएको बताएको अलजजिराले जनाएको छ ।