अमेरिकाको न्युयोर्कस्थित हड्सन नदीमा हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।चार जना यात्रुहरूलाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने अन्य दुई जनालाई अस्पतालमा मृत घोषित गरिएको अधिकारीहरूले बताएका छन् । हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थान हड्सन नदीको पश्चिम तर्फ पर्दछ ।।दुर्घटनाको समयमा हेलिकोप्टरमा तीन बालबालिका र तीन वयस्क सवार थिए । पाँच जना यात्रु स्पेनिस थिए भने एक जना पाइलट अमेरिकी नागरिक थिए ।