विश्व । उत्तर कोरियाले आफ्नो छैटौं आणविक परिक्षण गरेपछि दक्षिण कोरियाले पनि लाइभ–फायर अभ्यास गरेको छ ।
दक्षिण कोरियाले उक्त लाइभ–फायर सम्भावित क्षेप्यास्त्रलाई विफल बनाउनको लागि र त्यस्तो क्षेप्यास्त्र विफल बनाउने क्षमता बनाउने अभ्यासमा रहेको दाबी गरेको छ ।
उत्तर कोरियाको आइतवारको परिक्षणलाई लिएर चीन र रसियाले गम्भीर चिन्ता व्यक्त गरेका छन् । दुई देशका राष्ट्रपतिले आइतवार नै कोरियाली प्रायद्वीपमा तनाव कम गर्नु पर्नेमा जोड दिएका छन् ।
यता जापानले भने उत्तर कोरियाको पछिल्लो परिक्षण उपर उत्तर कोरियालाई क्षमा दिन नसकिने बताएको छ ।