सम–सामयिककोरियाली प्रायद्वीपमा भूकम्प : किम जोङ–उनले हाइड्रोजन बम परीक्षण गरेको आशंका

Everest Fuji News २०७४ भदौ १८ मा प्रकाशित       Published at 2017 Sep 03


I काठमाडौं, १८ भदौ — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले लामो दूरीको क्षेप्यास्त्रमा आणविक बम राख्ने कामको निरीक्षण गरेको बताइएको छ । आफ्नो देशले आणविक बम तयार पारेको र यसको महान् विनाशक शक्ति रहेको उनले बताए । उत्तरको सरकारी सञ्चारमाध्यमले जारी गरेको तस्वीरमा किमले हाइड्रोजन बमको निरीक्षण गरेको देखिन्छ । किमको दाबी सही हो भने अमेरिकासँगको विवादमा यो डरलाग्दो मोड हो । उत्तर कोरियाले गरेको आणविक परीक्षणका कारण भूकम्पको झड्का नै आएको जापानको भूकम्प मापन संस्थाले जनाएको छ । पोहोर साल प्योङयाङले विस्फोट गराएको आणविक बमभन्दा अहिलेको बम १० गुणा शक्तिशाली रहेको बताइएको छ । पहिलेको आणविक विस्फोट करीब १० किलोटनको रहेको विज्ञहरूको अनुमान छ । उत्तर कोरियाको राज्यनियन्त्रित टेलिभिजनले महत्त्वपूर्ण घोषणा गरिने बताएको समयमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । आइतवार गएको यो भूकम्प आणविक विस्फोटका कारण भएको अनुमान लगाइएको छ । दक्षिण कोरियाको संसद्को सुरक्षा समितिका सभापतिले १०० किलोटन विस्फोटका कारण भूकम्प आएको बताए । अमेरिकाले दोस्रो विश्वयुद्धमा जापानको नागासाकीमा खसाएको बमभन्दा पाँचगुणा शक्तिशाली उत्तरको यो बम रहेको बताइएको छ । एजेन्सी


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.