२०७४ भदौ १८ आइतबार
काठमाडौं । उत्तर कोरियाले ब्यालेष्टिक क्षेप्यास्त्र हान्न सकिने अत्यधुनिक हाइड्रोजन बमको बनाएको बताएको छ ।
उत्तर कोरियाका सञ्चारमाध्यमले सर्वोच्च नेता किम जोङ उनले यस्तो हतियारको निरीक्षण गरेको बताएका छन् । बमको तस्बिर र विस्तृत विवरण भने सार्वजनिक नभएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार उक्त बम अत्यधुनिक भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बताएको छ । यसअघि उत्तर कोरियाले जापानको सीमाक्षेत्रमा समुद्रमा खसालेको क्षेप्यास्त्रको सर्वत्र आलोचना भएको थियो ।