भारतमा पाँचतले भवन भत्किँदा मर्नेको संख्या ११ पुग्यो

Everest Fuji News २०७४ भदौ १५ मा प्रकाशित       Published at 2017 Aug 31


मुम्बई, भदौ १५ । भारतको मुम्बईमा ११७ वर्ष पुरानो पाँचतले भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । मुम्बईको दक्षिणी क्षेत्रमा पर्ने भायखाला इलाकाको जेज मार्गमा रहेको उक्त पुरानो भवन बिहीबार (आज) बिहान भत्किँदा उनीहरु मारिएका हुन् । भवनमा च्यापिएर मृत्यु हुनेमा तीनजना महिला र आठजना पुरुष रहेका छन् । भवनमा च्यापिएका २४ जनाको उद्धार गरिएको र उनीहरुको जेज अस्पतालमा उपचार भैरहेको उद्धारकर्मीहरुले बताएका छन् । भवनभित्र अझै १० देखि १५ जना च्यापिएको आशंकामा खोज जारी रहेको अधिकारीहरुले बताएका छन् । स्थानियले उक्त भवन गैर कानूनी ढंगबाट निर्माण गरिएकाले भत्केको बताएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । मुम्बईमा केही दिनदेखि जारी भारी बर्षाका कारण भवन भत्केको बताइएको छ । (एजेन्सी)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.