यस आक्रमणमा परी १३ जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका अफगान अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस हवाई कारबाहीमा मारिएका एकै परिवार १३ व्यक्तिहरुमा प्राय महिला र बालबालिका रहेका बताइएको छ ।
अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यद्यपी एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको हवाई कारबाहीमा एकदर्जन भन्दा बढी आतंककारी मारिएका छन् ।
अफगान अधिकारीका अनुसार अफगान सुरक्षाबलले नै छुट्टाछुट्टै इलाकामा गरेको हवाई कारबाहीमा १३ सर्वसाधारणको मृत्यु भएको केही दिनमा नै पुनः यो घटना भएको छ ।
अफगानिस्तानमा यसवर्षको सुरुदेखि हालसम्म भएका जारी द्वन्द्वसँग सम्बन्धित हिंसामा एक हजार ६६२ सर्वसाधारणको मृत्यु भएको छ भने तीन हजार ५०० घाइते भएका छन् ।
अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघका सहयोग मिसनद्वारा गत महिना प्रकाशित एक प्रतिवेदनमा सो जानकारी दिइएको छ ।
यो संखया गतबर्षको तुलानामा २० प्रतिशतले बृद्धि भएको पनि सो मिसनले बताएको छ । रासस /एएफपी