सोल, भदौ १५ । युद्धको अवस्थामा दक्षिण कोरियाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ्ग उनको हत्या गर्नेसम्मको योजना तयार पारेको छ । दक्षिण कोरियाली सेनाले परम्परागत युद्ध रणनीतिमा परिमार्जन गर्दै उत्तर कोरियाली भूमिमै पुगेर त्यहाँका सर्वोच्च नेतासहित उच्च अधिकारीको हत्या गर्नेसम्मको योजना तयार पारेको हो ।
दक्षिण कोरियाली शीर्ष सैन्य अधिकारीले आफ्ना राष्ट्रपति मुन जाय इनलाई नयाँ रणनीतिबारे जानकारी गराएको बताइएको छ । उक्त रणनीति अन्तर्गत विशेष प्रशिक्षित केही सेनालाई उत्तर कोरिया पठाएर शीर्ष नेता तथा अधिकारीको हत्या गर्नेसम्मको योजना तयार पारिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
दक्षिण कोरियाली अखबार ‘चोसुन इल्बो’का अनुसार राष्ट्रपति मुनले शीर्ष सैन्य अधिकारीलाई उत्तर कोरियाले उत्तेजित गतिविधिको एउटा चरण पार गरेको अवस्थामा आक्रामक अवस्थालाई निर्णायक तहमा पुर्याउन निर्देशन दिएका छन् ।
यसै महिनाको सुरुवातमा दक्षिण कोरियाले उत्तर कोरियामाथि ‘सर्जिकल स्ट्राइक’ को योजना बनाइरहेको तथ्य प्रकाशमा आएको थियो । (एजेन्सी)