नयाँदिल्ली, १४ भदौं– बलात्कार मुद्दामा २० बर्ष जेल सजाय सुनाइएका राम रहीमको रहस्यमय गुफाको बारेमा नयाँ करतुत बाहिर आएको छ । राम रहीम हरेक दिन नयाँ नयाँ युवतीलाई गुफामा बोलाउने र उनीहरुलाई बासनाको शिकार बनाउने गरेको उनका एक पूराना अनुयायीले बताएकी छिन् ।
उनको गुफाभित्र मात्रै २ सय ९ साधुनी बस्ने गर्छन् । जसमा स्कूल पढ्ने छात्राहरु समेत सामेल रहने गर्छन् ।
मिडिया रिपोर्टका अनुसार राम रहीमलाई जेल चलान गरिएसँगै उनीसँगको थप रहस्यहरु बाहिर आइरहेका छन् । राम रहीमले हरेक दिन नयाँ नयाँ युवतीहरु बोलाएर गुफाभित्र दुव्र्यवहार गर्ने गरेको उनले बताइन् ।
शौखिन र भड्किला राम रहिमले गुफाभित्रै स्वीमिङ पुलको व्यवस्था गरेका थिए । गुफाभित्रको एउटा ढोका भएर छात्राहरु पढ्ने क्याम्पसको गेटमा पुग्छ । जहाँबाट उनले नयाँ नयाँ छात्राहरु छानेर गुफामा ल्याउने गरेको अनुयायीले बताइन् ।
रहीमले छात्राहरुलाई निर्मम यातना दिने गरेको पनि उनले बताइन् । । उनका अनुसार मध्यरातमा छात्राहरुको चिच्याहट बाहिर सुनिने गरेको छ । राम रहिमले गुफाको माथिल्लो भागमा आएर उक्त रहस्यमय ढोका खोल्ने गरेको उनले बताइन् ।
राम रहिमको सेवामा दुईसयभन्दा बढी साधुनीहरु खटिने गर्छन् । जसमध्ये दैनिक तीस साधुनीहरु त रहिमको निकटमा रहने गर्छन् । जहाँ पुरुषहरु जान मनाही छ । राजसी ठाँटमा रहने रहिम गायन,नृृत्य, अभिनय र महँगा कपडाहरु लाउने शौख पाल्छन् ।
गुफाभित्र छिर्नको लागि रहिमले कोडवर्ड राखिएका थिए । आफूलाई महाराजा ठानिने रहिमको कर्तुतको बारेमा यसअघिनै पर्दाफास भइसकेको छ । एजेन्सी