रूसले भन्यो, उत्तर कोरियाको क्षेप्यास्त्र प्रहार चिन्ताजनक
Everest Fuji News२०७४ भदौ १४ मा प्रकाशितPublished at 2017 Aug 30
मस्को । रसियाले जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गर्ने प्योङ्याङको निर्णय चिन्ताजनक भएको जनाएको छ ।
रसियाका उपविदेश मन्त्री सेर्गेई ¥यावकोभले उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रम बारेको विवाद चर्कने क्रममा रहेको देखिएको भन्दै यसबाट यसक्षेत्रको समग्र सुरक्षामा समस्या आउनसक्ने बताए ।
उने उत्तर कोरियालाई भड्काएको भनेर संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकोसमेत आलोचना गरे । तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले उसका छिमेकी र संयुक्त राष्ट्र संघको अपमान गरेको बताएका छन् । ट्रम्पले सबै विकल्पहरु वार्ताको टेबलमा रहेको बताएका छन् । रासस/ सिन्ह्वा÷एएफ्पी