Everest Fuji News२०७४ भदौ १२ मा प्रकाशितPublished at 2017 Aug 28
भदौ १२ – भारतका धर्मगुरु गुरमीत रामरहीम सिंहलाई १० वर्षको जेल सजाय सुनाइएको छ । बलात्कार मुद्दामा दोषी पाइएका उनलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको हो ।
भारत हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमीत रामरहीम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजन गराएकोसमेत आरोप लागेको थियो । अदालतले सोमबार सजाय सुनाउनु अघिदेखि नै हरियाणाको सिरसामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित हिंसालाई मध्यनजर गर्दै हरियाणामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
हरियाणाका बजार पसल तथा सबै शैक्षिक संस्था बन्द छन् । यस्तै इन्टरनेट सेवा समेत बन्द गरिएको छ । मंगलबार बिहान पौने १२ बजेपछि मात्रै शैक्षिक संस्था र इन्टरनेट सेवा खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
१५ वर्ष पुरानो यौन शोषणको मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । यौन शोषण गरेको पुष्टि भएपछि रामरहिमका अनुयायीले आश्रम छोड्न थालेका छन् । उनलाई अदालतले दोषी ठहर गरेपछि भड्किएको हिंसामा अहिलेसम्म ३८ जनाको ज्यान गएको छ । २ सय जनाभन्दा धेरै घाइते भएका छन् । (online khabar)