भारतका धर्मगुरु गुरुमित रामरहिम सिंहलाई विशेष अदालतले बलात्कार मुद्दामा दोषि ठहर गरेको छ । भारत हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमित रामरहिम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजना गराएको आरोप लागेको थियो ।पञ्जाबको मनसा र मलोटमा रेलवे स्टेशनमा डेरा समर्थकले आगो लगाएका छन् । पञ्जाब र हरियाणाका विभिन्न स्थानमा डेरा समर्थकले हिंसात्मक प्रदर्शन गरेको खबर छ । सुरक्षाबल र डेरा समर्थकको झडपमा ३ जनाको ज्यान गएको पुष्टि भएको छ ।
पञ्चकुला विशेष अदालतले उनीलाई बलात्कार मुद्दामा दोषि ठहर गरेको हो । अदालतले सजाय भने आउँदो सोमबार सुनाउने छ । त्यतिञ्जेलसम्मका लागि उनलाई सैनिक हिरासतमा पठाइएको छ ।
सन् २००२ मा एक भक्तले आफूमाथि रामरहिम सिंहले बलात्कार गरेको भन्दै तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई पत्र लेखेकी थिइन् । त्यसपछि भारतीय केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईले उनीमाथि अनुसन्धान थालेको थियो ।
त्यसलगत्तै डेरा सच्चा सौदाका प्रवन्धन समिति सदस्य रणजित सिंहको हत्या भएको थियो । रणजितले रामरहिमकै आश्रममा बस्ने आफ्नै बहिनीलाई प्रयोग गरेर प्रधानमन्त्रीलाई चिठ्ठी लेखाएको आशंका थियो ।
यस्तै रामरहिम सिंहको बारेमा विवादास्पद समाचार छाप्ने पूरा सच पत्रिकाका सम्पादकको पनि सन् २००२ मा नै गोली हानी हत्या भएको थियो । यी दुवै हत्याको आरोप पनि रामरहिममाथि लागेको छ ।
यस्तै रामरहिम सिंहको बारेमा विवादास्पद समाचार छाप्ने पूरा सच पत्रिकाका सम्पादकको पनि सन् २००२ मा नै गोली हानी हत्या भएको थियो । यी दुवै हत्याको आरोप पनि रामरहिममाथि लागेको छ ।सन् २००२ मा अनुसन्धान थालेको सिबिआईले सन् २००७ रामरहिम सिंहमाथि हत्या तथा यौन शोषणको आरोपमा मुद्दा चलाएको थियो । यो मुद्दामा अदालतले आज रारहिम सिंहलाई दोषि ठहर गरेको हो । अदालतमा आज फैसला सुनाउने भएपछि रामरहिमलाई २ सय ५० किलोमिटर टाढाको सिरसाबाट पञ्चकुला अदालतमा उपस्थित गराइएको थियो । उनी सिरसामा प्रहरी हिरासतमा थिए । रामरहिमलाई अदालतमा लैजाने क्रममा उनको भक्तले ठाउँ ठाउँमा अवरोध गरेका थिए । फैसला सुनाउने बेलामा पञ्चकुला अदालत वरपर उनका ४० हजार भन्दा बढी समर्थक भेला भएका थिए ।
रामरहिमलाई बलात्कार मुद्दामा दोषि ठहर गरेपछि उनका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै हरियाणाका मुख्य मुख्य ठाउँमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । हरियाणाका मुख्य मन्त्री मनोहर लालले शान्ति कायम राख्न सबैलाई अपिल गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।