सम–सामयिकनेपाल - भारतबीच ४६ बुँदे संयुक्त वक्तब्य जारी

Everest Fuji News २०७४ भदौ ९ मा प्रकाशित       Published at 2017 Aug 25


  काठमाडौं, ८ भदौ— नेपाल र भारतबीच सम्बन्ध थप सुधारका लागि दुई पक्षीय उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने समझदारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने भ्रमणका क्रममा आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि साँझ जारी गरिएको संयुक्त वक्तव्यमा उच्चस्तरीय भ्रमण आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप बजदुत बन्ने विश्वास लिइएको छ । ४६ बुँदामा समेटिएको संयुक्त वक्तब्यमा देउवा र भारतीय समकक्षीबीच समन्धलाई नयाँ उचाईमा पुर्याउन सौहार्दपूर्ण वातावरणमा गहन वार्ता भएको उल्लेख गरिँदै प्रधानमन्त्रीको भ्रमणलाई भारतले निकै प्रथमिकता दिएको उल्लेख गरिएको छ । सो क्रममा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा छलफल हुनुका साथै भारत र नेपालबीच रहेको नजिक र मित्रतावादी सम्बन्धको स्मरण गरिएको थियो । यस्तै भारतले नेपालमा विभिन्न क्षेत्रमा पुर्याउँदै आएको आर्थिक र भौतिक सहयोगको विषयमा समेत कुराकानी भएको थियो । संयुक्त वक्तब्यमा हालै नेपालको तराई भूभागमा गएको बाढी पहिरोबाट पुग्न गएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतले बाढी पीडितलाई जस्तो सुकै सहयोग गर्न तयार भएको जनाएको छ । यस्तै हालै भारतले वाढी पहिरो पीडितका लागि सहयोग गर्ने घोषणा गरेकामा देउवाले धन्यवाद प्रकट गरेको उल्लेख गरिएको छ । संयुक्त वक्तब्यमा दुई देश र जनताबीचको गहिरो तथा अतुलनीय मित्रताको जगमा संस्कृति तथा सभ्यतामा रहेको उल्लेख गर्दै सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन विद्यमान संरचनालाई महत्वका साथ अघि बढाइने उल्लेख गरिएको छ । यस्तै विगतमा भएको समझदारीहरुलाई पालना गर्दै अघि बढ्ने विषयमा पनि समझदारी भएको छ । भारतले नेपालमा शान्ति, विकास र स्थायित्व चाहेको भन्दै वक्तब्यमा हालै नेपालले दुई चरणको स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा खुसी प्रकट गरिएको छ । यस्तै सबै पक्षलाई समेटेर संविधान कार्यान्वयनको दिशामा नेपाल अघि बढ्ने विश्वास पनि भारतले लिएको छ । दुई देशका प्रधानमन्त्रीबीच एकीकृत रुपमा संयुक्त चेकपोस्ट निर्माणको छिटो प्रक्रिया सुरु गर्ने, जसले जनता र बस्तुको आवागमनलाई सहज र छिटो हुने विश्वास लिइएको सम्झौतामा उल्लेख छ । यस्तै सुरक्षाका क्षेत्रमा दुई देशबीच भएको सहकार्यप्रति दुबै देशका प्रधानमन्त्रीले सन्तोष प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी ढंगका साथ अघि बढ्ने समझदारी भएको छ । यस्तै आतंकवादविरुद्ध एकअर्काको भूमि प्रयोग हुन नदिन दुबै पक्ष सचेत रहेको पनि उल्लेख गरिएको छ । यस्तै दुई वर्षअघि नेपालमा गएको भूकम्पपछिको पुननिर्माणमा सघाउन भारतीय पक्ष्नले प्रतिबद्धता जनाएको छ । यस्तै राष्ट्रिय महत्वका प्रोजेक्टहरु जस्तै नीजगढ अन्तराष्ट्रिय विमानस्थल, महाकालीमा मोटररेबल पुल, अन्तरदेशीय प्रशारण लाइन विस्तार, विशेष आर्थिक क्षेत्रको विकासलगायतमा सहयोग गर्ने पनि भारतले प्रतिबद्धता जनाएको छ । दुबै देशका प्रधानमन्त्रीले माथिल्लो कर्णाली, अरुण तेस्रो, लगायतका जलविद्युत परियोजनालाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यस्तै प्रम देउवाले मोदीलाई नेपाल भ्रमणको निम्ता दिएकोमा त्यसलाई स्वीकार गरेको र उपयुक्त समय निकालेर नेपाल भ्रमणमा आउने समझदारी भएको संयुक्त वक्तब्यमा उल्लेख छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.