फिनल्याण्डको प्रहरीले भनेको छ, देशको दक्षिण-पश्चिमी शहर टुर्कुमा केही मानिसहरुलाई धारिलो हतियारले हमला गरेको व्यक्तिलाई तिनीहरुले गोली हानेका छन्।
खुट्टामा गोली हानिएका ती व्यक्तिलाई प्रहरी हिरासतमा लिइएको छ।
प्रहरीले मानिसहरुलाई शहरको मध्य भागबाट टाढै रहन आग्रह गरेको छ।
उक्त घटना पुटोरी-मार्केट बजारको चोक क्षेत्रमा भएको बताइएको छ।
एउटा तस्वीरमा एकजना मानिस जमिनमा लडिरहेको देख्न सकिन्छ र त्यो शरीरलाई ढाकिएको छ।
घाइते
फिनल्याण्डको संचारमाध्यम वाईएलईले भनेको छ, उक्त घटनमा कम्तीमा अन्य दुईजना घाइते भएका छन्।
अरुहरुले घाइतेको संख्या पांच वा छ जना भएको जनाएका छन्।
सो घटनामा भएका हताहतिका बारे कुनै औपचारिक पुष्टि भने गरिएको छैन।
जानकारी
प्रहरीले स्थानीय समय अनुसार दिउंसोको चार बजेर चालिस मिनेटजांदा ट्वीटर सन्देश मार्फत घटनाको जानकारी दिएको थियो।
टुरुन सानोमाट समाचारपत्रले घटनास्थलमा केही एम्बुलेन्सहरु रहेका र प्रहरीले सार्वजनिक सवारी साधनहरुमा खानतलाशी गरिरहेको जनाएको छ।
ब्रिटेनको सन्डरल्याण्ड शहर निवासी ली हिल्सले बीबीसीलाई घटनास्थलको तस्वीर पठाएका छन्।
उनी घटनास्थलबाट दुईसय मिटर पर अवस्थित एउटा मदिरालयमा छन् जहांबाट बाहिरिन प्रहरीले मानिसहरुलाई रोक लगाइरहेको छ।(BBC)