NRNA जाम्बियामाको तेश्रो साधारणसभा अध्यक्षमा डा उप्रेती निर्बाचित

Everest Fuji News २०७४ श्रावण १९ मा प्रकाशित       Published at 2017 Aug 03


लुसाका/जाम्बिया अफ्रिकी मुलुक जाम्बियाको गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको तेस्रो साधारण सभा गत आइतबार लुसाकामा सम्पन्न भएको छ। सभाले डा. बिशालनाथ उप्रेतीको अध्यक्षतामा २०१७- २०१९ का लागि नयाँ कार्यसमिती चयन गरेको छ। जसमा शंकर सुनुवार उपाध्यक्ष, प्रमोद शर्मा महासचिव, मोतीलाल श्रेष्ठ सचिब, भिमबहादुर बम कोषाध्यक्ष र सदस्यहरुमा डा. किशोर अधिकारी, पोषणराज बस्नेत, सन्ध्या खनाल, खेम नारायण पौडेल, शोभा सुनुवार र इन्दिरा उप्रेती रहेका छन। त्यसैगरी सभाले बिदुर खनाल, अङ्गिरा आचार्य, सबिता आचार्य, नर्मदा आचार्य ढकाल, डा रामजी ढकाल, डा प्रकाशचन्द्र घिमिरे, रजनी श्रेष्ठ र केशब श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ। सभामा अध्यक्ष बिदुर खनालले एनसिसि जाम्बियाको सन २०१५-२०१७ को प्रगती विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भिम बहादुर बमले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। जसलाई सभाले सर्बसम्मत रुपमा अनुमोदन गरेको थियोे। त्यसै गरि डा प्रकाशचन्द्र घिमिरे संयोजक र रजनी श्रेष्ठ, इश्वर भुषाल सदस्य रहेको निर्बाचन समितीले निर्बाचन प्रक्रिया सन्चालन गरेको थियो। सभाले जाम्बियामा प्रत्येक बर्ष "नेपाल डे" को आयोजना गरि नेपालको पर्यटन र सस्कृतीको प्रबर्द्धन गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.