पाकिस्तानका भूतपूर्व पेट्रोलियम मन्त्री शाहिद खकान अब्बासीलाई देशको नयाँ प्रधानमन्त्री चुनिएको छ।
पूर्व प्रधानमन्त्री नवाज शरीफले एउटा भ्रष्टाचार प्रकरणपछि गत हप्ता राजीनामा दिएका थिए।
अब्बासी शरीफका पुराना साझेदार हुन्।
उनले मंगलबारै शपथग्रहण गर्नेछन्।
नवाज शरीफका भाइ शाहबाजले त्यो पद ग्रहण गर्ने अवस्था नभएसम्म अस्थायी रुपमा अब्बासी सो पदमा रहुन् भन्ने सत्तारुढ पिएमएल-एन पार्टीको चाहना छ।
पञ्जाब प्रान्तका मुख्यमन्त्री शाहबाजले संसदीय उपनिर्वाचन जितेपछि मात्रै प्रधानमन्त्री पदका लागि योग्य हुनेछन्। (BBC )