राष्ट्रपति चयनका लागि मतदान जारी, मतगणना तीन दिनपछि-

Everest Fuji News २०७४ श्रावण २ मा प्रकाशित       Published at 2017 Jul 17


नयाँ दिल्ली । भारतको राष्ट्रपतिय चुनाव आज बिहान १० बजेदेखि सुरु भएको छ । चुनाव बेलुका ५ बजेसम्म चल्नेछ । यस चुनावमा एनडीए उमेदवार रामनाथ कोविन्द र विपक्षी उमेदवार मीरा कुमारबीच प्रतिस्पर्धा छ । ३१ विधानसभा र संसदमा मतदान हुनेछ, जसमा ४०७६ विधायक र संसद्को दुईवटै सदनको ७७६ निर्वाचित सांसदले भाग लिँदैछन् । मतदानको एक दिनअघि नै राजग उमेदवार रामनाथ कोविन्दले उनका समर्थक सांसदहरुलाई सम्बोधन गरेका थिए भने विपक्षी उमेदवार मीरा कुमारले पनि आफूलाई समर्थन गर्ने १७ दलको सांसदसँग बैठक बसेर समर्थन मागेकी थिइन् । राष्ट्रपति चुनावबारे आइतबार पूरै दिन एनडीए र युपीए गठबन्धनका बैठकहरू भए । सबभन्दा पहिले मोदी सरकारका मन्त्रीहरू र सबै विपक्षी पार्टीहरूसम्मिलित सर्वदलीय बैठक बस्यो । उक्त बैठकमा संसद्को कारवाहीलाई बिना कुनै अवरोध सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो । बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित अर्थमन्त्री अरुण जेटली र कांग्रेसका तर्फबाट गुलाम नबी आजाद, समाजवादी पार्टीका मुलायम सिंह यादव, नरेश अग्रवाल, सीपीएमका के.डी.राजा आदि नेताहरू उपस्थित थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बिजेपीका अध्यक्ष अमित शाह बिहान १० बजे नै मतदान गर्न पुगेका थिए। प्रधानमन्त्री मोदीले मतदानपछि सञ्चार माध्यमलाई सम्बोधन गर्दै मनसुन मौसम आशाको मौसम भएको र यसको सुरुवातसँगै देशले नयाँ राष्ट्रपति पाउने भएको बताए । आज भइरहेको १४ औँ राष्ट्रपति चयनको मतदानको मतगणना भने २० जुलाईको दिन दिल्लीमा हुनेछ । जुलाई २५ मा नवनियुक्त राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् ।(१२खरी )


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.