हामी आप्रवासीलाई राख्न चाहन्छौँ: बेलायती प्रधानमन्त्री

Everest Fuji News २०७४ असार १३ मा प्रकाशित       Published at 2017 Jun 27


लन्डन (बेलायत) । आफ्नो देशमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता गर्न नचाहेको बेलायत सरकारले जनाएकोे छ । सोमबार बेलायती प्रधानमन्त्री टेरिजा मेले आफू युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रबाट बेलायत आई बैध रुपमा बसोबास गरेका आप्रवासीकोे भविष्य के हुने भन्ने विषयमा चिन्ता अन्त्य गर्न चाहेको बताउनुभएको हो । हामी ब्रेक्जिटपछि पनि तपाईहरुको अधिकार रक्षा गर्ने पक्षमा रहेको तपाईहरु बेलायत बसोबास गराउन चाहेका छौँ, प्रधानमन्त्री मेले भन्नुभयो । तर प्रधानमन्त्रीको यस भनाइप्रति प्रतिपक्षी लेबर पार्टीका जेरमी कर्बिन प्रधानमन्त्रीको करिब ३२ लाख युरोपेली आप्रवासीलाई सहयोग गर्ने योजना साह्रै ढिलो भएको भन्दै आलोचना गर्नुभयो । बे्रक्जिटका विषयमा नयाँ धारणा ल्याउन प्रतिपक्षी नेता कर्बिनले हाउस अफ कमन्समा सोमबार सम्बोधन गर्ने क्रममा सरकारसँग आग्रह गर्नुभयोे । रासस÷एएफपी


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.