जापानको कोबे शहरलाई १५० वर्ष पुरानो ढाचामा ल्याइदै -

Everest Fuji News २०७४ असार १२ मा प्रकाशित       Published at 2017 Jun 26


जापानको पुरानो शहर कोबेलाइ १५० वर्ष पुरानो ढाचामा परिवर्तन गर्ने भएको छ । पर्यटन प्रवर्धन र अन्तराष्ट्रिय व्यापरिकरणको उद्देश्यले गर्न लागिएको यो शहर जापानको पुरानो राजधानी हो । अहिले राजाधानी टोकियोमा रहेको छ । यसको लागि वैदेशिक व्यापारीहरुलाई पनि आमन्त्रण गरिएको छ । ' जब जनवरी १,१८६८ मा विदेशी व्यापारी कोबे आए , त्यहा आउदा सा- साना घर , माछा मर्ने माझी भेटिएको थियो ।' त्यसबेला त्यो ठाउमा अनुमती तिनै माझी दाईको सहयोग लीइएको थियो । त्यो समय बल्छि मार्ने र माछा व्यवसायमा मात्र सिमित थियो ।" उल्लेख छ । जापान टाइमस्लाई उद्द्रित गर्दै एरिक जोहन्ष्टन लेख्छन 'त्यो समय पश्चिम जापानका आदिबासिहरुको गाउलेको सानो शहर भएको ' जापान क्रोनिकल न्युज पेपर १९१८' मा प्रकाशित भएको उल्लेख गरेका छन । मुख्यतया कोबेमा मिनातो खोलामा त्यहाका वासिन्दाले धेरै संघर्ष पछी पुल निर्माण गरी इकुता मन्दिरमा दर्शन गर्न पाएका थिए । अर्को साल कोबे शहरलाई १५० वर्ष पुरानो पुरानो ढाचामा परिवर्तन गरी सन १८६८ साल ताकाको नमुनाका घर हरु निर्माण गर्न लागिएको हो । यस्को लागि इजिन्कान (पुर्व विदेशी नागरिक) लाई संपर्क गर्नु पर्ने भएको छ । इजिन्कानले पुरानो राजधानी क्योटो शहरलाई पर्यटन प्रवर्दनको गन्तब्य र छिमेकी ओशाकाबाट हेपिनु बाट जोगाउनु रहेको उल्लेख गरेको छ । यसको लागि अमेरिकन ,बेलायती ,फ्रेन्च , जर्मनी , चाइना लगायत अन्य देशका धनाढ्य व्यापारीहरु सँग सम्झौताको लागि खुल्ला गरिएको छ । तर उनिहरुले जापानको कानुनी प्रकृया भने पुरा गर्नु पर्नेछ । यस परिवर्तनले १८९९ को ढाचामा आउदा कोबे शहर एशियाका बासिन्दाको मुख्य शहर हुनेछ । पुरानो तथ्यान्क अनुसार सन १८७१ ताका ११६ बेलायती , ३६ जर्मनी १९ फ्रान्सेली र २४० जना चाइनिज लगायत अमेरिकन पनि भएको तर अमेरिकनको डाटा नभएको उल्लेख गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.