चेङडु (चीन) । चीनको दक्षिणपश्चिमी सिचुआन प्रदेशमा शनिबार विहान आएको बाढीपहिरोमा परी १४१ जना बेपत्ता भएका छन् ।
पहिरोले ४६ ओटा घरहरु पनि बगाएको प्रदेश सरकारका अधिकारीहरुले जानकारी दिएका छन् ।
उच्च हिमाल क्षेत्रबाट झरेको पहिरोले तिब्बतीयन र क्विङ स्वशासित क्षेत्र हुदै छिन्मो गाँउमा विहान ६ बजेतिर नदि अवरुद्ध भएको थियो । पहिरोले १६ सय मिटर सडक पनि बगाएको छ ।
प्रदेश सरकारले घटनास्थलमा उद्धार तथा राहतका लागि उच्चप्राथमिकताका साथ उद्धारकर्ताहरु परिचालन गरेको छ ।
घटनास्थलमा तीन सयभन्दा बढी एक्जाभेटर र उद्धारका विभिन्न साधनहरु पनि पठाइएको सिचुआन प्रदेश सरकारी प्रवक्ता टाङ लिमिनले जानकारी दिनुभयो । रासस÷सिन्ह्वा