जापानी सम्राट अकिहितो समक्ष जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आफ्नो ओहोदाको प्रमणपत्र पेश गर्नुभएको छ । आज (जुन २२ गते बिहिबार एक विशेष समारोहकाबीच राजप्रासादमा प्रमाणपत्र पेश गर्नुभएको हो ।
सो अवसरमा राजदूत राणाले राष्ट्रपति विद्यादेवी भण्डारीले सम्राटको व्यक्तिगत सुस्वासथ्य तथा सुखको कामना गर्दै पठाउनुभएको सन्देश सुनाउनुभएको थियो ।
सम्राट अकिहितोले सो अवसरमा दुई देशबीचमा रहेको सौहार्द सम्बन्धलाई राजदूत राणाले थप अभिवृद्धि गर्न सफल हुने विचार व्यक्त गर्दै यस वर्ष जापानको कुमामोतोमा गएको भूकम्पका बेला नेपाली जनता र सरकारले गरेको सहयोगप्र्रति खुसी व्यक्त गर्नुभएको थियो ।
राजदूत राणाले सम्राट समक्ष नेपाल र जापान बीच रहिआएको निकट तथा सौहार्द सम्बन्धलाई थप मजबुत पार्ने बचनबद्धता व्यक्त गर्नुभएको थियो । त्यस क्रममा उहाँले २०१५ मा नेपालमा गएको भूकम्पपछि पुनःनिर्माणको जानकारी गराउँदै जापानले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । ओहदाको प्रमाणपत्र प्रस्तुत गने विशेष कार्यक्रममा जापानको आन्तरिक मामिला तथा संचारमन्त्री कसेने ताकाइची, नेपाली दूताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, द्दितीय सचिव टोपनारायण गिरी र तृतीय सचिव रेवन्त केसीको उपस्थित रहेको थियो ।