अमेरिकी सैनिक जहाज फिलिपिनी मालवाहक जहाजसंग ठक्कर ७ बेपत्ता
Everest Fuji News२०७४ असार ३ मा प्रकाशितPublished at 2017 Jun 17
अमेरिकी सेनाको युद्धापोत जहाज जापानको पूर्वीतटमा फिलिपिन्सको एक मालबाहक जहाजसंग ठक्कर खाँदा सातजना अमेरिकी सेना हराएका छन्।
घटना पछि जापानले मेडिकल इमर्जेन्सी र हेलिकप्टरबाट अन्य उद्धार सेवा थालेको छ। US Navy ले दुर्घटनामा अमेरिकी सेनाका कमाण्डिङ्ग अफिसर घाइते भएको बताएको छ। US Navy ले सो जहाजमा सवार सेना र उनीहरुका परिवार र आफन्तहरुसंग संपर्क गर्न ट्विटर लगायात अन्य माध्यम उपलब्ध गराएको छ।
रातको अँध्यारोमा आपसमा ठोक्किएका जहाहरुको ठक्कर पछि ठूलो क्षेती भएको अमेरिकी सैनिक जहाजमा छिरेको पानी निकाल्ने कार्य भइरहेको छ। जहाजलाइ कोस्ट तर्फ लैजाने प्रयास गरिएको बताइएको छ।
स्थानिय समय अनुसार शनिवार बिहान १:३० बजे जापानको Yokosuka पोर्टबाट ५६ नटिकल माइल टाढा प्रशान्त महासागरमा भएको यो दुर्घटनाको थप समाचारहरु थुप्रै संचारमाध्येमहरुबाट प्राप्त भइरहेका छन्। बिश्वको सबैभन्दा अत्याधुनिक संचार सेट प्रयोग गरिएको सो अमेरिकी युद्धपोतमा सामान्यतया यस्तो अवस्था नहुनु पर्नेमा किन हुनगयो भन्ने कारण हालसम्म बाहिर आएको छैन।(एजेन्सी)