लन्डन : पश्चिम लन्डनमा अवस्थित एक आवासीय एपार्टमेन्ट 'ग्रेन्फेल टावर ब्लेज ' मा भएको भीषण आगलागीमा परी हालसम्म ६८ जना घाइते भएको बिबिसीले जनाएको छ भने १२ जनाको मृत्यु भएको छ ।
प्रहरी भन्छ ' मृत्यु हुनेको सँख्या अझै बढ्न सक्छ'। १२ जनाको अवस्था गम्भिर रहेको जनाएको छ । नेपाली भने अहिले सम्म नपरेको , तर नेपाली नपरोस भन्दै देश विदेशका नेपालीहरु प्रार्थना गरिरहेका छन् ।
आपत्कालीन फोन न. ०८००-०९६१ २३३ मा परिवार तथा साथीहरुलाई सम्पर्क गर्न सक्ने गरि उपलब्ध गराएको छ ।
सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो । २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी घाइते हुनेको संख्या धेरै हुनसक्ने अनुमान गरिएको छ । प्रहरी उद्धार कार्यमा खटिरेको र यसको यकीन हुन नसकिरहेको बताएको छ ।
सो भवनभित्र करिब २०० जनाको बसोबास रही आएको पाइएको छ । प्रहरीले त्यहाँ करिब २०० जना बस्ने गरेको र कैयौँ व्यक्ति थुनिएर रहेको भन्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको जनाएको छ । आगो के कसरी लागेको हो भन्ने बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
बुधबार बिहानीपख सो भवनमा आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । भवनको करिब २५ औँ तलाबाट आगो निस्किएको देखिएको प्रहरीले जनाएको छ ।आगो लागेको तला भन्दा माथि सेतो कपडा लगाएको एकजना व्यक्तिले उद्धारका लागि सहयोग मागिरहेको जस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन्।