उत्तर कोरियाबाट मुक्त अमेरिकी विद्यार्थी अमेरिका पुगे
Everest Fuji News२०७४ जेठ ३१ मा प्रकाशितPublished at 2017 Jun 14
वासिङ्टन । उत्तर कोरियाको जेलमा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले जेलमुक्त गरेलगत्तै बुधबार अमेरिका पुगेका छन् ।
उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो । उनको स्वास्थ्य अवस्था निकै जटिल भएको भन्दै मुक्तगर्न अमेरिकाले बारम्बार माग गर्दै आएको थियो ।
ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशका विरुद्धमा गुप्तचरको काम गरेको भन्दै पक्राउ गरी थुनामा राखेको थियो ।
पछि उनलाई १५ वर्षको श्रम शिवीर सजायँ सुनाइएको थियो । उनी शिवीरमा जबर्जस्ती काम गर्नुपर्ने भएपछि विरामी परेका थिए ।
बिरामी परेका उनलाई कोमामा भर्ना गरिएको थियो । उनको रिहाईका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आग्रह गर्नुभएको थियो ।
उहाँले आफ्ना नागरिकलाई रिहागरी आवश्यक वार्ताका लागि वासिङ्टन आउन चेतावानी पनि दिनुभएको थियो । त्यसपछि उत्तर कोरियाले ती विद्यार्थीको रिहाइको प्रक्रिया सुरु गरेको बताइन्छ ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ती विद्यार्थीलाई सैनिक जहाजमार्फत बुधबार बिहान उनको निवासस्थान ओहायो पु¥याइएको जनाउनुभएको छ । रासस÷एएफपी