राष्ट्रसङ्घद्वारा उत्तर कोरियाविरुद्ध थप प्रतिवन्ध

Everest Fuji News २०७४ जेठ २० मा प्रकाशित       Published at 2017 Jun 03


संयुक्त राष्ट्रसङ्घ। उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई प्रतिवन्ध लगाएको छ । अन्तरराष्ट्रिय भ्रमणमा प्रतिवन्ध र सम्पत्ति रोका गर्ने सहितको अमेरिका र चीनको प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले शुक्रबार अनुमोदन गरेका हुन् । चीन र अमेरिकाको लामो समयदेखिको प्रयास र छलफल उनीहरुका बीचमा भएको सहमती अनुसार सुरक्षा परिषद् यस्तो निर्णयमा पुगेको हो । उत्तर कोरियाका चारवटा कम्पनी र १४ जना व्यक्तिलाई प्रतिवन्ध लगाइएको अधिकारीहरुले बताएका छन् । पारमाणविक र क्षेप्यास्त्र परीक्षण नगर्न राष्ट्रसङ्घ विभिन्न देशहरुको आग्रहलाई उत्तर कोरियाले अस्विकार गर्दै आइरहेको छ । पछिल्लो समयमा त उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणको श्रङखलालाई थप बक्लो बनाएको छ । रासस÷एएफपी÷सिन्ह्वा


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.