सिङ्गापुर । सिङ्गापुरमा नयाँ राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदबारी दिन चाहनेका लागि बिहीबारदेखि उम्मेदबारी दर्ता खुल्ला गरिने भएको छ ।
उम्मेदबारहरुले उम्मेदबारी दर्ता गराउने दिनभन्दा अगाडि नै आफ्नो योग्यताबारे जानकारी दिनुपर्ने व्यवस्था गरिएको निर्वाचन विभागले जनाएको छ ।
वर्तमान राष्ट्रपति टोनी टान केङ यामको कार्यकाल यही अगस्ट ३१ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।
उहाँको कार्यकाल सकिएपछि सेप्टेम्बर १ देखि नयाँ राष्ट्रपतिले कार्यभार नसम्हाल्दासम्म कामचलाउ राष्ट्रपतिले जिम्मेबारी बहन गर्ने कानुनी व्यवस्था रहेको छ ।
गत नोभेम्बरमा गरिएको संविधान संशोधनअनुसार सिङ्गापुरको राष्ट्रपतिका लागि मलाय उम्मेदबारहरुले पनि उम्मेदबारी दिन पाउने छन् । तर उनीहरुले मलाय समुदायको प्रमाणित प्रतिलिपिका लागि ‘समुदाय समिति’मा निवेदन पेस गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ ।
सिङ्गापुरको पहिलो राष्ट्रपतिको रुपमा सन् १९९१ मा वि किम वि निर्वाचित हुनु भएको थियो । त्यही बेलादेखि नै सिङ्गापुरमा चिनियाँ र भारतीय समुदायका उम्मेदबारहरु राष्ट्रपतिमा निर्वाचित हुँदै आएका छन् । रासस÷सिन्ह्वा