काश्मिरको सीमा खटिएका तीन नेपाली गोर्खा सैनिकको मृत्यु

Everest Fuji News २०७४ जेठ १० मा प्रकाशित       Published at 2017 May 24


काठमाडौँ ९ जेठ । भारत र पाकिस्तान सीमाको काश्मिरमा तैनाथ तीन नेपाली गोर्खा सैनिकको मृत्यु भएको भारतीय संचारमाध्यमले जानेको छ । काश्मिरको भारत र पाकिस्तान सीमाको लाइन अफ कन्ट्रोलमा अपरेसनका क्रममा सैनिकले बीरगति प्राप्त गरेको श्रीनगरस्थित रक्षा प्रवक्ता राजेश कालियाले डिएनए इन्डिया लाई बताएका छन् । मृत्यु हुनेमा हवल्दार ३८ वर्षीय गिरिश गुरुङ, ४० वर्षीय हवल्दार डमर बहादुर पुन र २३ वर्षीय राइफलम्यान राजन शर्मा रहेका छन्। भारतीय रक्षामन्त्रालयका अनुसार तीनै जनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशमा रहेको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिने भएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.