[caption id="attachment_6552" align="alignleft" width="300"]
President Donald Trump gives a thumbs-up as speaks at the National Rifle Association-ILA Leadership Forum, Friday, April 28, 2017, in Atlanta. The NRA is holding its 146th annual meetings and exhibits forum at the Georgia World Congress Center. (AP Photo/Mike Stewart)[/caption]
बेथलेहेम । अमेरिकाका राष्ट्र डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनका बीचमा शान्ति सम्झौता गराउन आपूm जेपनि गर्न तयार रहेको बताउनु भएको छ ।
प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बाससँग भएको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले दुई देशबीच शान्ति सम्झौता गराउन आपूmले के गर्न सकिएला भनेर छलफल गरिरहेको पनि बताउनुभयो ।
“इजरायल र प्यालेस्टाइनका बीचमा शान्ति सम्झौता गराउन म प्रतिबद्ध छु, साथै त्यस उद्देश्य प्राप्तिका लागि म जेसुकै सहयोग र भूमिकाका लागि तयार छु,” प्यालेस्टाइनका राष्ट्रपति अब्बाससँग ट्रम्पले भन्नुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले प्यालेस्टाइनी राष्ट्रपति अब्बासलाई मङगलबार वेष्ट बैंकमा भेट्नु भएको हो ।
उहाँहरुको भेटवार्ता दुई देशको युद्ध अन्त्य र शान्ति सम्झौतामा केन्द्रित भएको अधिकारीले जनाएका छन् ।
भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति अब्बासले उपलब्धिमुलक शान्ति सम्झौताका लागि अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो ।
रासस÷सिन्ह्वा÷एएफपी