अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच निकाय एफबीआर्इका निर्देशकलाई हिलरी क्लिन्टनको इमेल छानविनको मुद्दामा गल्ती गरेको भन्दै पदबाट हटाएका छन्। गत साता अमेरिकी संसदसमक्ष कोमीले क्लिन्टन इमेल प्रकरणबारे असत्य सूचना दिएको भन्ने बाहिरिएपछि ह्वाइट हाउसको पछिल्लो निर्णय आएको छ।
ह्वाइट हाउसले जेम्स कोमीलाई ‘पदबाट हटाइएको’ भनी घोषणा गरेको उक्त निर्णय वासिङ्टनमा अप्रत्याशित थियो।एफबीआइले ट्रम्पको चुनावी अभियान र रुसबीचको साँठगाँठबारेका आरोपहरुमाथि अनुसन्धान गरिरहेको थियो।
ह्वाइट हाउसले महान्यायाधिवक्ता जेफ सेसन्स र उपमहान्यायाधिवक्ता रड रोजनस्टाइनको सिफारिसमा पछिल्लो कदम चालेको जनाएको छ।
यदि उपमहान्यायाधिवक्ता रोजनस्टाइनले छानविनका लागि एकजना स्वतन्त्र विशेष अभियोजनकर्ता नियुक्त गरेनन् भने प्रत्येक अमेरिकीले निर्देशक कोमीको बर्खास्तीलाई एउटा ढाकछोपको भागका रुपमा आशंका गर्नेछन्।
डेमोक्र्याट सिनेटर चक सुमरले भने, ‘यदि उपमहान्यायाधिवक्ता रोजनस्टाइनले छानविनका लागि एकजना स्वतन्त्र विशेष अभियोजनकर्ता नियुक्त गरेनन् भने प्रत्येक अमेरिकीले निर्देशक कोमीको बर्खास्तीलाई एउटा ढाकछोपको भागका रुपमा आशंका गर्नेछन्।’
तर डेमोक्रयाटहरुले ट्रम्पको चुनावी अभियान र रुसबीच रहेको भनिएको सम्बन्धका आरोपहरुबारे कोमीले छानविन गरिरहेकाले उनलाई हटाइएको बताएका छन्। ह्वाइट हाउसले कोमीको उत्तराधिकारीको खोजी तत्काल थालिने जनाएको छ।
५६ वर्षीय कमी सो पदमा चार वर्ष अगाडि नियुक्त भएका थिए। उनको अझै छ वर्षको कार्यकाल बाँकी थियो। (बीबीसीबाट)