उत्तर कोरियामा अमेरिकी नागरिक पक्राउ

Everest Fuji News २०७४ बैशाख ११ मा प्रकाशित       Published at 2017 Apr 24


काठमाडौं। उत्तर कोरियाको राजधानी प्योङयाङस्थित विमानस्थलमा अमेरिकीमूलका कोरियाली नागरिक किम स्याङ डुक पक्राउ परेका छन् । चीनमा प्राध्यापन गर्दै आएका उनले प्योङयाङ विश्वविद्यालयमा समेत धेरै समय प्राध्यापन गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी एक महिनादेखि उत्तर कोरियामा राहत कार्यमा सक्रिय थिए । उत्तर कोरियामा पक्राउ पर्ने डुक तेस्रो अमेरिकी नागरिक हुन् । कोरियाली प्रायद्विपमा तनाव बढेका बेला उत्तर कोरियामा अमेरिकी नागरिक पक्राउ परेका हुन् । डुकलाई पक्राउ गर्नुको कारण भने खुलाइएको छैन । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर कुटनीतिक धैर्यता अन्त्य हुन लागिरहेको भन्दै चेतावनी दिएको थियो । अमेरिकाले कोरियाली प्रायद्विपमा विमानबाहक युद्धपोत समेत पठाएको छ । (एजेन्सी)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.