काठमाडौं, बैशाख १० । फ्रान्समा राष्ट्रपतीय निर्वाचनका लागि आज पहिलो चरणको निर्वाचन हुँदैछ ।
शुक्रबार राजधानी प्यारिसमा आईएसको आक्रमणमा प्रहरी मारिएपछि कडा सुरक्षाबीच निर्वाचन हुन लागेको हो ।
चुनावी मैदानमा ११ जना उत्रिए पनि पाँच जनाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
विदेशमा रहेका करिब १० लाख फ्रेञ्च नागरिकले शनिबार नै आफ्नो मताधिकार प्रयोग गरेका छन् । फ्रान्समा राष्ट्रपतिको चुनावी प्र्रक्रिया अलि फरक छ ।
जनताले चुनेका प्रतिनिधि पहिला राष्ट्रपति पदका उम्मेदवार चुन्छन् र यस पछि मात्र मतदान हुन्छ ।
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा दोस्रो चरणको निर्वाचन हुन्छ । सुरक्षाका लागि ५० हजार प्रहरी र ५ हजार सैनिक तैनाथ गरिएको छ । (एजेन्सी)